नेपालगञ्ज मेडिकल कलेजमा लफडा




कोहलपुर ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल काेहलपुरमा सुरक्षा गार्डको विषयलाई लिएर लफडा भएको छ ।

बुधबार नेपालगञ्ज मेडिकल कलेजमा विगत १६ वर्षदेखि हलचल सुरक्षा गु्रपबाट काम गर्दै आएका सेक्यूरेटी गार्डहरुलाई ४ महिनाको तलब भत्ता उपलब्ध नगराई नयाँ कम्प्नीबाट सेक्यूरेटी गार्ड राखेपछि लफडा भएको हो ।

विगत ४ महिनादेखि तलब भत्ता केही पनि दिएको छैन्, अझै अहिले नयाँ कम्पनीसंग सम्झौता भएको हामीलाई जानकारी छैैन । तर एक्कासी सेक्यूरेटीको ड्रेस आएपछि लफडा भएको हलचल सुरक्षा  ग्रुपमार्फत काम गरिरहेका २६ जना सेक्यूरेटी गार्डका इन्चार्ज निर्मल शाह बताए ।

यस्तै एकेडेमी अफ विर सेक्यूरेटी प्रालिले ११ जना सेक्यूरेटी गार्ड पठाएकाे छ। ११ जना सेक्यूरेटी गार्डहरुलाई भने मेडिकल कलेजमा भित्र प्रवेश गर्न दिएका छैनन ।

थप विवरण आउँदै ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ १ गते बुधबार