Kohalpur Today Header Ads

विदेशमा सिकेको सिप स्वदेशमा सदुपयोग गरौं : मन्त्री अथक




युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ९अथक०ले विदेशमा सिकेको सिप स्वदेशमा सदुपयोग गर्न आग्रह गरेका छन । विदेशबाट फर्किएका युवाहरुको सञ्जाल रिटर्नी युवा सञ्जालद्धारा शनिबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अथकले स्वदेशमै केही गर्ने वातावरण सिर्जना गर्न सरकार प्राथमिकतापूर्वक लागिरहेकाले बिदेशमा सिकेको सिप नेपालमा सदुपयोग गर्न आग्रह गरेका हुन ।

राष्ट्रिय युवा परिषद् अन्तर्गतको रिटर्नी युवा सञ्जालले आयोजना गरेको “बैदेशीक रोजगारबाट फर्केका युवाहरुको अवस्था, समस्या र सम्भाब्यता” सम्बन्धि छलफल कार्यक्रममा बोल्दै मन्त्री अथकले विदेशबाट फर्किएका युवाहरूलाई स्वरोगार र उत्पादनमा जोड्नुपर्ने बताए । पछिल्लो समय युवाहरु बिदेशिने क्रम बढीरहेको तर्फ ईगित गर्दै मन्त्री अथकले युवा शक्तिलाई स्वदेशमै रोक्न सरकारले प्रयास गरीरहेको बताए ।

प्राकृतीक तथा भौगोलिक रुपमा नेपाल धेरै सम्भावना बोकेको मुलुक भएकाले यहाँको युवा जनशक्तिलाई नेपालकै बिकासमा लगाउनुपर्नेमा मन्त्री अथकको जोड थियो । राष्ट्रिय युवा परिषद र युवा तथा साना ब्यवसायी स्वरोजगार कोष मार्फत युवाहरुको समग्र विकासमा राज्यले ठुलो लगानी गर्दै आईरहेको उनको भनाई थियो ।

LIfe Ok

अध्ययन तथा रोजगारीको सिलसिलामा केही समय बिदेश बाहिर रहेका युवाहरुलाई स्वदेशमै एकत्रित गरी मन्त्रालयले उनिहरुको अनुभव र सिपलाई सदुपयोग गर्न बृहत्त युवा सम्मेलन मार्फत रणनैतिक योजना बनाउने तयारी भईरहेकोक समेत मन्त्री अथकले बताए ।

कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत, युवा तथा साना ब्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ, युवा अर्थशास्त्री डिपि ढकाल, युवा परिषद सम्बद्ध रिटर्नी युवा सञ्जालका पदाधिकारी लगाएत विभिन्न देशबाट नेपाल फर्किएका युवाहरुको सहभागीता रहेको थियो ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतबार