अनेरास्ववियुको बागेश्वरी क्याम्पस एकाइ कमिटीको अध्यक्षमा भूपेन्द्र




कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको बागेश्वरी क्याम्पसको एकाइ कमिटिले पूर्णता पाएको छ । सोमबार भएको अनेरास्ववियुको ११ औं अधिबेशनबाट भूपेन्द्र विसि (सुमन) को १५ सदस्यीय कमिटि गठन भएको छ ।

जसमा उपाध्यक्षमा अस्मिता शाही, सचिवमा महेन्द्र प्रकाश मल्ल, सह-सचिबमा मेनुका ठकुरी, कोषाध्यक्षमा संगिता राेकाय चयन भएका छन् । यस्तै सदस्यहरूमा याम बहादुर चाैधरी, सुजिता बुढा, तिर्थ नेपाली, मनमाेहन चाैधरी रहेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ५ गते सोमबार