मोटरसाइकल दुर्घटनामा कोहलपुर १५ का थारुको मृत्युु, दुई जना घाइते




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका २ बर्दहजा नजिकै मोटरसाइकल दुर्घटना हुँदा कोहलपुर १५ का अनुप कुमार थारु (जय प्रकाश) को मृत्यु भएको छ ।

विहिबार राती विहेबाट घर फर्किने क्रममा भे १२ प ४२६८ नम्बरको मोटरसाइकलमा सवार रहेका थारुको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

घाइते हुनेमा कोहलपुर नगरपालिका—१५ चौधरीया ईसम थारु र जिवन थारु रहेका छन् । घाइतेहरुलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रबार