Kohalpur Today Header Ads

प्रदेश स्तरीय राष्ट्रपति रनिङ्गशिल्डमा बाँके जिल्ला प्रथम




कोहलपुर ।

प्रदेश स्तरीय राष्ट्रपति रनिङ्गशिल्डमा बाँके जिल्लाका खेलाडिहरूले प्रथम स्थान ल्याउन सफल भएको छ । गत २४ गतेदेखि दाङ जिल्लाको तुल्सीपुरमा १३ औं विद्यालय स्तरीय राष्ट्रपति रनिङ्गशिल्डमा बाँके जिल्लाका खेलाडिहरूले प्रथम स्थान ल्याएका छन् ।

३ स्वर्ण पदक प्राप्त गरी प्रथम स्थान ल्याउन सफल भएका हुन् । प्रथम हुनेहरुमा दिपशिखा रानाभाट, ममता मल्ल र लक्ष्मण खड्का रहेका छन् जसले ३ पदक प्राप्त गरी प्रथम भएका थिए । बाँके जिल्लाबाट ६ जना खेलाडिहरु सहभागि भएका थिए, जसमा लक्ष्मी बुढा, ममता मल्ल, दिपशिखा रानाभाट, आशिष योगी, लक्ष्मण खड्का र युवराज मिजार रहेका छन् ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानेले प्रदेश स्तरीय राष्ट्रपति रनिङ्गशिल्डमा भाग लिएका खेलाडिहरूला उत्कृष्ट खेल प्रस्तुत गरेको भन्दै प्रशंसा गरे । खेलकुद क्षेत्रका माध्यमबाट बाँकेलाई चिनाउन सफल भएको छ, तर खेलाडिहरुलाई उपयुक्त खेल खेल्ने स्थान पर्याप्त मात्रामा नभएकोले त्यसको लागि बाँकेका ८ वटै स्थानीय तहहरुले पहल गर्नुपर्नेमा जोड दिए ।

लामिछानेका अनुसार तेक्वान्दोमा ३ गोल्ड मेडल, करातेमा ३ गोल्ड मेडल, उसुमा ४ गोल्ड मेडल र एथलेट्रिक्समा ९ गोल्ड मेडल प्राप्त गरेका थिए ।

लुम्बिनी प्रदेश सदस्य सचिव जयप्रकाश भट्टराई र लुम्बिनी प्रदेश तेक्वादो संघका अध्यक्ष विमल रिजालले पुरस्कार वितरण गरेका थिए ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असार २६ गते आइतबार