संगीतको धार बदलेका ‘रामु’

नेपाली लोक दोहोरी गितमा संगीतमा कहलिएका संगीतकार तथा गायक हुन् रामु खड्का । संगीतकारहरुमा उनको नाम अग्रपंक्तिमा आउँछ । बुवा चन्द्रबहादुर खड्का र आमा निर्मला खड्काको कोखबाट जन्मिएका एकल सन्तान रामुको २०४६ साल जेष्ठ १५ गते सल्यानको दार्मा गाउँपालिका ५ ढाकाडाममा जन्म भएको हो । सानैदेखि निकै गितसंगीतमा रुचि राख्ने गर्थे ।

ग्रामीण जिल्लामा हुने साङ्गितिक कार्यक्रममा भाग लिइहाल्थे । साङ्गितिक कार्यक्रममाबाट केही न केही स्थान र सम्मान लिएर घर र्फकन्थे । सानै उमेरमा आफुलाई रामु भनेर चिनाई सकेका उनको आमा बुवालाई धेरै चासो लिएका थिइनन् । तर रामुले भने संगितप्रतिको माया, ममता, मोह कहिलै छोडेनन् । २०६३ जेष्ठमा एसएलसी दिएर दाङ पढ्न जान्छु भनि काठमाडौं छिरे ।

एकातिर पढाई सुरु गरे भने अर्कोतिर गित संगीत । २०६७/०६८ मा संगीत सृजनामा (बरु दिन बिताउँला साथि बनेर) गित बजारमा प्रकाशित भयो । नेपाली दर्शक स्रोताहरुको फरक धारमा छाउने किसिमको एका एक गित हिट भयो, जतिबेला क्यासेट अडियोमा समय थियो । रामजी खान र टीका पुनको आवाज र स्व.सन्तोष बानियाको शब्द रहेको थियो । जब गित हिट भएको देख्दा म्युजिक कम्पनी र गायक गायिकाले उनको संगीतमा सहकार्य गर्न रुचि देखाउन थाले । जसले उनलाई गित संगितमा झन् हौसला प्रदान गर्‍र्यो ।

त्यसपछि बरु दिन बिताउँला साथि बनेर), ‘मर्ने मिति, आजभन्दा भोलि माया, नियत, बरु यसै दुखी छु, रित्तो झोला, अब त पागल भै, किन टाढा भयौ, एकादेशको कथा, भदौरे झरी, कस्को सिन्दुर, खोली किनार आदि सुपरहिट गितहरु बजारमा ल्याएका छन् ।

गितहरुले दर्शक स्रोताहरुको मस्तिष्क, दिल र मन छोए, जब राष्ट्रिय स्तरका चौथो राप्ती म्युजिक अवार्ड-२०७१, (कस्को सिन्दुर) सातौं बिन्ध्यवासिनी म्युजिक अवार्ड र चौथो राष्ट्रिय लोक दोहोरी अवार्ड-२०७३, (आज भन्दा भोलि माया), पाचौं छायाछबी तिज म्युजिक अवार्ड-२०७५ (भदौरे झरी), सातौं नेशनल क्यापिटल म्युजिक अवार्ड र नेपाल म्युजिक एण्ड फेशन अवार्ड-२०७७ (सोझोपन) बाट अवार्ड पाउन सफल भए । रामुले नेपाली लोकदोहोरी क्षेत्रमा धेरै राम्रा छाप छोडेका छन् । नेपाली लोक दोहोरी संगीत सधै पुरानै धारमा चलिरहेको थियो तर नयाँ धारमा ल्याउनका सफल भए ।

रामुलाई पुरानो ढाँचाको संगीतको शैलिले दिगो रुपमा नेपाली गित संगीतमा फाइदा नहुने र नयाँ पुस्ताले पुरानो संस्कार र संस्कृती बिर्सने हुनाले चलिआएको र चल्दै गरेको पुस्ता र प्रविधिको बिचमा सुमधुर सम्बन्ध स्थापित गरे । नेपाली कला संस्कृतिको विकास र संरक्षण गर्नका लागि कहिलै पछि परेनन् रामु ।

सबै कलाकर्मीहरुमा चेतना जगाउने र संरक्षणमा हाम्रो दायित्व बोध गराउने समेत अहम भूमिका खेले । जसले गर्दा नेपाली लोक दोहोरी गित संगीत निकै उचाईसम्म पुर्‍याउन ठुलो योग्दान गरे । उनको गित संगितमा गरेको योग्दानलाई जति बयान गरेपनि सकिदैन । संगीतको शक्ति एउटा आवाज, भाषा वा बोली जस्तै हो । संगीतको स्केल, धुन, पद्घति, शैली निकै बेग्लै हुन्छ; जसलाई महसुस गर्न सकिन्छ, शब्दमा भन्न सकिँदैन । यसमा इमोसन र भावना हुन्छ ।

अहिले धेरैलाई जानकारी नभएको र सबैले थाहा पाउनु पर्ने बिषय हो बौद्धिक सम्पत्ति र प्रतिलिपी अधिकार रामु बताउँछन् । अहिले बेलाबेला कसैको गित अर्कैले लियर प्रयोग गर्छ, कसैले चोरी दिन्छ, कसैले हुबहु कपि गर्छ वा कसैले अनुचित प्रयोग गरिदिन्छ, अब यहाँ सबैभन्दा पहिला आफ्नो बौद्धिक सम्पत्ति र त्यसको प्रयोगको बारेमा मेरो सम्पत्ति सुरक्षित होस उनी चाहान्छन् ।

रामुका अनुसार प्रतिलिपी अधिकार, संरक्षण र बर्जित गरेका विषयबस्तुलाई कलाकर्मीले जान्नै पर्ने हुन्छ । तर जसबाट प्रतिलिपी अधिकार ऐन २०५९ र नियमावली २०६१ बनेको छ, सबै कलाकारहरुले आफनो अधिकारको रक्षार्थ राम्रोसँग अध्ययन गर्नु जरुरी छ ।

यति मात्र हैन, संगीतकार, गितकारहरुको रोयल्टी कलेक्सन, वितरण संगीत रोयल्टी संकलन समाज नेपाल, गायक र गयिकाको लागि प्रस्तोता समाज नेपाल र लगानी कर्ताहरुको लागि प्रोड्युसर समाज नेपाल छन् । यसरी हेर्दा सबैको लागि सबै छ, हाम्रो लागि हाम्रो चिन्ता र चासो छैन । तर रामु खड्काले सबैलाई आग्रह गरिरहेका छन्, हामी हाम्रो बौद्धिक सम्पतिको संरक्षण र अधिकार पाउनका लागि अरुको बौद्धिक सम्पतिको संरक्षण र अधिकारमा कुल्चिनु हुदैन रामु भन्छन् ।

रामुले थपे, गित संगीतमा पैसा अथाह छ तर व्यवस्थित छैन । जसको उपाय सम्पुर्ण कलाकारको एकता र व्यवस्थापन हो । उनको चाहना यतिमा गाएर सिमित हुदैन, भविष्य भौतिक र डिजिटल संगीत संग्रहालय निर्माण गर्ने र सबै कलाकारका उत्पादित सृजनालाई सङ्ग्रहित गर्ने भावी योजना बनाउनु आवश्यक छ ।

लेखक : सञ्चारकर्मी तथा लोकदोहोरी गायक  तिलक परियार ।