कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा न ५ स्थित सिद्धार्थ मा वि रझेनामा आज एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
साझा सहकारी कोहलपुरको आयोजना तथा कौसिल्या अस्पताल प्राली कोहलपुरको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरमा १३२ जनाले सेवा लिएको आयोजकले जनाएको छ ।
शिविरमा कौसिल्या अस्पताल प्राली कोहलपुरका विशेषज्ञ डा एन के यादव र शिखर यादवले स्वास्थ्य परिक्षण गरेका गर्नुभएको थियो ।
शिविरमा निशुल्क रुपमा औषधी उपलब्ध गराइएको थियो । साझा सहकारीले आफ्ना शेयर सदस्यहरुको लागी निशुल्क स्वास्थ शिविर संचालनमा ल्याएको जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्