फोक्सो क्यान्सर पिडित बुवाको लागि सहयोग माग्दै छोरा

कोहलपुर ।

बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा उपचारार्थ रहेका क्यान्सर पिडित टले सार्कीका कान्छो छोरा सुवास सार्कीले बुवा बचाउन आर्थिक सहयोग मागेका छन् ।

घरपरिवारको आर्थिक अवस्था नाजुक छ । अस्पतालमा छटपटिरहेका बुवाको उपचारको लागि आर्थिक सहयोग गुहारिरहेका कान्छो छोरा अहिले अस्पतालमा नै छन् ।

कुमाख गाउँपालिकाले समेत आर्थिक विपन्न कोषबाट औषधी उपचार गरिदिनुहुन भन्दै सिफारिस समेत पठाएको छ ।

सल्यान कुमाख गाउँपालिका ५ बस्ने टले सार्कीलाई फोक्सोको क्यान्सर भएपछि उपचार गर्न आर्थिक समस्या भएपछि आफ्नो बाबुको ज्यान बचाइदिन अनुरोध गरेका छन् ।

सहयोग गर्नका लागि कान्छो छोरा गोविन्द सार्कीले आफ्नो क्यूआर कोट र लक्ष्मी सनराइज बैंकको खाता नम्बर २६२१३८५८६०२०५००१ नम्बरमा आर्थिक सहयोग गरिदिन गुहार मागेका छन् ।