आदर्शमाविमाथि त्रिभुवन नमूना माविको ३ रनको जित

कोहलपुर ।

बाँकेको कोहलपुर प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा त्रिभुवन नमूना मावि कोहलपुरले आदर्श मावि नेपालगञ्जमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा त्रिभुवन नमूना मावि ३ रनले विजयी भएको हो । त्रिभुवनले ९५ रनको लक्ष्य पछ्याएको आदर्श माविले १२ ओभरमा ७ विकेट गुमाउँदै ९१ रन मात्रै बनाउन सक्यो । त्रिभुवनका इन्द्र विसीले ३५ बलमा ५० रन जोड्दै आफ्नो टिमलाई विजयी  बनाउन सफल भए ।

१५ गतेदेखि जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा १६ वटा टिम सहभागि भएको आयोजक अनलाईन टिभि पत्रकार संघ बाँकेका सचिव केशराज खड्काले बताए । प्रथम हुनेलाई ३० हजार, द्धितीय हुनेलाई १५ हजार नगद सहित प्रमाण पत्र सहित ट्रफि प्रदान गरिएको थियो ।

समापन कार्यक्रममा कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले पत्रकारीतासंगसंगै खेलकुदका कार्यक्रमहरु समेत अगाडी ल्याउनुभएकोमा हार्दिक धन्यवाद दिँदै कोहलपुरलाई खेलकुद हव बनाउन सबै लाग्न आग्रह गरे ।

कोहलपुर नगरपालिकाले विभिन्न मितिमा विभिन्न खेलकुदहरु गर्दै आइरहेको छ त्यसमा थप आवश्यक खेलकुदलाई व्यवस्थि तगर्न यहाँहरुका सल्लाह, सुझावहरुको अपेक्षा समेत रहेको आचार्यको भनाई थियो ।

समापन कार्यक्रममा कोहलपुुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी विश्वकर्मा, खेलकुद विकास समितिका अध्यक्ष बुद्धि थापा लगायतले आफ्ना भनाई राखेका थिए ।