राप्तीसोनारीको बालापुरमा आगलागी पशुचौपाय जलेर नष्ट, लाखौंको क्षती

राप्तीसोनारी ।

राप्तीसोनारी गाउँपालिका वडा न ८ बालापुरमा बुधबार दिउँसो १२बजे समयमा आगलागी हुँदा करिब २५ लाख बराबरको क्षेती भएको छ ।

आगलागी बाट स्थानीय चुनलाल थारुको घर र भन्सा घर जलेर नष्ट भएको छ घरभित्र रहेको ३ तोला सुन ३ वटा मोबाईल ,१ लाख नगद खाद्यान्न, लत्ता कपडा जलेर नष्ट भएको छ ।

त्यस्तै अर्को स्थानीय कमला गिरी गोठमा आगलागी हुँदा भैंसी २ वटा भेडा बाख्रा १० चारा मेसिन गरि ५ लाखको क्षेती भएको छ । अर्को स्थानीय तुलसा गिरीको गोठमा आगलागी हुदा २ वटा खसी र गोठमा राखिएको काठ गरि ६० हजार बराबरको क्षेती भएको छ ।

नजिकै जंगलमा आगलागी भएका कारण घर गोठमा आगो लागेको वा बिजुली सट भइ आगो लगेको हो कारण खुल्न सकेको छैन । नेपाल प्रहरी ,शशस्त्र प्रहरी र कोहलपुर नगरपालिकाको दमकलले दिउँसो २ बजे आगो नियन्त्रणमा लिइएको थियो ।