उषा भट्टराईको जिवनमा मेल खाने कथा

एक दिन जङ्गलको राजा सिंहले घोषणा गर्यो कि अब आजदेखि उप्रान्त कोही निरक्षर रहने छैन हरेक पशुले आफ्ना बच्चा स्कूल पठाउनु पर्ने छ । राजाको स्कूलले पढाई लेखाई गरेर सबैलाई Certificate बाँड्ने छ ।

सबैका बच्चाहरू स्कूल आए । हात्तीको बच्चा , सिंहको बच्चा , बाँदरको बच्चा ,माछाको बच्चा र खरायोको बच्चा पनि आए ।केही कछुवा , ऊँट र जिराफ पनि आए ।
FIRST UNIT TEST/EXAM हुँदा हात्तीको बच्चा फेल भयो ।

“कुन Subject मा फेल भयो त ?”

“रुखमा चढ्ने परीक्षामा फेल भयो, हात्तीको बच्चा !”

“अब के गर्ने ?”

“ट्युशन गराउने, कोचिङ्गमा पठाउने ।”

अब हात्तीको जिन्दगीको एउटा मात्र उद्देश्य : हाम्रो बच्चालाई रुख चढ्ने परीक्षामा Top गराउनु छ भन्ने थियो।

कुनै न कुनै तरिकाले वर्ष दिन बित्यो । Final Result आउँदा त हात्ती, ऊँट, जिराफ सबैका बच्चाहरू फेल भए । बाँदरको बच्चा first भयो !

Principal ले Stage मा बोलाएर मेडल दिए । बाँदरले उफ्रीपाफ्रीको कला देखाएर गुल्टी खेलेर खुसीको प्रदर्शन गर्यो ।

एता अपमानित महसूस गरिरहेका हात्ती, ऊँट र जिराफले आफ्ना आफ्ना बच्चालाई पिट्न थाले ।

उनीहरुले आफ्ना बच्चालाई भने, नालायक ! तँलाई एत्रो महङ्गो स्कूलमा पढाएको छ | ट्युशन-कोचिङ्ग सबै लगाएकै छ। फेरि पनि आजसम्म तँ रुखमा चढ्न सिकिनस ।

सिक , बाँदरको बच्चासँग केही सिक केही , पढ़ाईमा ध्यान दे ।

फेल हुनलाई माछो पनि भएको थियो । Swimming मा चै First भएको थियो । तर बाँकी subject मा त ऊ पनि फेल नै थियो ।

शिक्षिकाले भनिन- , “तपाईकी छोरीमा attendance को problem छ ।”

माछाले छोरीलाई आँखा तरी !

छोरीले बुझाउने कोसिस गर्दै भनी -, “आमा, मेरो त सासै रोकिन्छ यो स्कूलमा । मलाई सास फेर्नै आउदैन । मलाई यो स्कूलमा नपढाउनू । हाम्रो स्कूल त तालाऊमा हुनु पर्ने होइन र ?”

आमा-” हैन, यो राजाको स्कूल हो ।

तालाऊ वाला स्कूलमा पठाएर मलाई आफ्नो बेइज्जती गराउनु छैन । समाजमा केही इज्जत Reputation छ मेरो । तँले यही स्कूलमा पढ्ने हो । पढाई्मा ध्यान दे।”

हात्ती, ऊँट र जिराफ आफ्ना आफ्ना बच्चाहरूलाई पिट्दै लिएर जाँदै थिए ।

बाटोमा बुढो बरको रुखले सोध्यो, ” बच्चाहरूलाई किन पिट्दै छौ हँ ?”

जिराफले भन्यो, “रख चढ्न फेल भए अनि पिटेको !”

बुढो बरको रुखले एक छिन सोचेपाछि भन्यो-

“हैन यिनीहरूले रुखै चढ्नु चै किन पर्यो हँ ?” उसले हात्तीसँग भन्यो , “आफ्नो सुँढ उठाऊ र सबैभन्दा माथिको फल टिप । । जिराफ तिमी आफ्नो लामो घाँटी तन्काऊ र सबैभन्दा उचाइको पात टिपेर खाऊ ।” ऊँट पनि घाँटी तन्काएर फल र पात खान थाल्यो । हात्तीको बच्चालाई रुख चढाउन किन चाहन्छौ ? माछालाई तलाऊमा नै सिक्न देऊ न ।

दुर्भाग्यले आज स्कूलको शिक्षाको पूरै Curriculum र Syllabus केवल बाँदरको बच्चाका लागि नै Designed छ । यस स्कूलमा 35 जना बच्चाहरूको क्लासमा केवल बाँदर नै First हुनेछ । बाँकी सबैले फेल हुनु नै छ । हरेक बच्चाका लागि अलग Syllabus, अलग Subject र अलग स्कूल चाहिन्छ ।

हात्तीको बच्चालाई रुखमा अपमानित नगर । जबर्दस्ती ऊमाथि असफलको छाप नलगाऊ । ठीक छ, बाँदरलाई उत्साहित नै गर तर बाँकि 34 जना बच्चाहरूलाई नालायक, कामचोर, लापरवाह, Duffer, Failure घोषित नगर ।

माछा रुखमा चढ्न नसकोस् तर एक दिन उसले पूरै समुद्र पार गर्ने छ ।

क्षमताहरु र प्रतिभाको कदर गरौं चाहे त्यो पढाई, खेल, नाच, गायन, कला, अभिनय,व्यापार, खेती, बागवानी या मेकानिकल कुनै पनि क्षेत्रमा होस अझै उसलाई त्यही दिशामा राम्रो गर्न दिऊँ ।

लेखक उषा भट्टराई गौतम रुकुम पश्चिम