नेपाल घरवहाल उपभोक्त मञ्च बाँकेको अध्यक्षमा गौतम

कोहलपुर ।

नेपाल घरवहाल उपभोक्ता मञ्च बाँकेको अध्यक्षमा राधा गौतम निर्वाचित भएकी छिन् । मंगलबार भएको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनबाट उपभोक्ता मञ्च बाँकेको अध्यक्षमा गौतम चयन भएकी हुन् ।

जसको बरिष्ठ उपाध्यक्षमा मेघराज अधिकारी, उपाध्यक्षमा ढक बहादुर थारु, महा-सचिवमा लक्ष्य बहादुर विक, सचिवमा अमृत ढकाल, कोषाध्यक्षमा योगेश पौडेल र सह-कोषाध्यक्षमा मेघराज सुनार सर्वसम्मत चयन भएका हुन् ।

यस्तै सदस्यहरुमा मोहन आचार्य, इमरान, शान्ति पुन मगर, प्रेम गौतम, श्रीधर गौतम, शुसिला धिमिरे र दिल कुमारी चौधरी सर्वसम्मत चयन भएका हुन् ।

कार्यक्रममा बाँके क्षेत्र नं. १ का संघिय प्रतिनिधि सभा सदस्य सुर्य ढकालको प्रमुख अतिथि तथा नेपाल घरवहाल उपभोक्ता मञ्च बाँके तिलक सिंह कार्कीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा विज्ञापन दाता, विज्ञापन संकलन तर्फ, लामोसमय भाडामा बस्ने व्यवसायी, घरभाडा छुट गर्ने घरधनी, संस्थापक तथा सल्लाहाकारहरुलाई सम्मान गरिएको थियो ।