कोहलपुरले ‘कोनोकार्पस ल्यान्सिफोलियस’ प्रजातिको विरुवा लगाउने

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले कोहलपुर-नेपालगञ्ज सडक खण्डमा ‘कोनोकार्पस ल्यान्सिफोलियस’ प्रजातिको विरुवा लगाउने भएको छ ।

कोहलपुर नगरपालिकाले जेष्ठ ५ गते आफ्नो फेसबुक पेजबाट ‘कोहलपुर नेपालगन्ज जोड़ने सडक खण्डको विच भागमा उपयुक्त विरुवा रोपी सडक सौन्दर्य तथा हरियाली प्रर्वधन गर्नुपर्ने भएकोले कोहि विज्ञ/समाज सेवी वा कसैलाई बाँकेको वातावरणमा हुर्किने उपयुक्त विरुवाको ज्ञान भए विरुवाको नाम, प्रजाति, अनुमानित मूल्य र बिरुवा उपलब्ध हुने ठाउँ खुलाई एक हप्ता भित्र इमेल, फेसबुक पेज, फोन लिखित वा प्रत्यक्ष भेट गरी सुझाव दिनुहुन अनुरोध गरिन्छ ।’ भन्ने सूचना समेत राखेको थियो ।

सोही सुझावका आधारमा कोहलपुर नगरपालिकाले ‘कोनोकार्पस ल्यान्सिफोलियस’ प्रजातिको विरुवा लगाउने भएको हो ।

कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले ५ सय विरुवा लगाउने बताए । ‘यो विरुवा सदावहार र छिटो हुर्किन्छ,’ उनले भने, ‘यो सदावहार हरियो हुन्छ ।’ जसले गर्दा कोहलपुर हरित नगर हुने विश्वास व्यक्त गरे ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले प्रति विरुवालाई रु ७ सयका दरले कम्तीमा २ फिट अग्लो विरुवा उपलब्ध गराउनुपर्ने बताए ।

अहिले कोहलपुर नगरपालिकाले आफ्नो आधिकारीक फेसबुक पेज (https://www.facebook.com/kohalpurmun) मार्फत सूचना सार्वजनिक गरेको र सोही अनुसार सस्तो र छिटो उपलब्ध गराउन अनुरोध समेत गरे ।