Kohalpur Today Header Ads

सर्लाहीको विष्णुपुरमा भीषण आगलागी, दर्जनौ घर जलेर नष्ट




जनकपुरधाम ।

सर्लाहीको विष्णुपुर गाउँपालिका-१ बाराद्धोरण टोलमा भीषण आगलागी भएको को । दिउँसो ३ बजेबाट सुरु भएको आगलागीले दर्जनौं घर जलेर नष्ट भएको छ ।

चारवटा दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणको प्रयास जारी रहेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । कति घर जलेको भन्ने एकिन विवरण प्राप्त नभएको उनले बताए ।

LIfe Ok

बारा उद्धोरण टोलमा आगलागीले अहिलेसम्म सय घर बढी जलेको गाउँपालिका अध्यक्ष जवाहर यादवले जानकारी दिए ।

त्यहाँ अधिकांश पटेल परिवारको विपन्न वस्ती रहेको उनको भनाइ छ । गाउँपालिकाले बाँडेको ग्यास सिलिन्डर बिस्फोट हुँदा झन् आगो सल्केर वस्तीलाई चपेटामा लिएको उनले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ वैशाख २० गते बिहीबार