४० लाखमा गौतम प्लाई एण्ड ग्लास हाउस सञ्चालन (फाेटाे फिचर)

शर्मिला जैसी, कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ मा गौतम प्लाई एण्ड ग्लास हाउस सञ्चालन आएको छ । शनिबार प्रदेश सांसद कृष्ण केसी ‘नमूना’ द्वारा उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनको क्रममा बोल्दै नमूनाले यस ग्लास हाउसले कोहलपुर थप विकास समृद्धि हुन केही सहयोग हुने भएको भन्दै धन्यवाद दिनुभयो ।

गौतम प्लाई एण्ड ग्लास हाउसका सञ्चालक दिपेन्द्र केसीले ४० लाखमा व्यवसाय सञ्चालन गर्न लागेको बताउनुभयो । उहाँका अनुसार प्लाई, सिसा, किला, कब्जा, जाली, ढोका, ढोकाको बेलन लगायतका सामग्रीहरु उपलब्ध हुने बताउनुभयो ।

अहिले बाँके जिल्ला भरी नै डेलिभरी हुन्छ उहाँले भन्नुभयो केही महिना पछि देशभरी नै डेलीभरी गर्ने उदेश्यका साथ सञ्चालन गरेको सञ्चालक केसीले बताउनुभयो ।

यस्तै उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेशका सदस्य नरेन्द्र न्यौपाने, तुलाराज विष्ट र रेनुका खड्का (बिष्ट) कोहलपुर नगर अध्यक्ष अवराज खड्का लगायत व्यापारीकाे समेत  उपस्थित रहेको थियो ।

No description available.