कोहलपुर ।
बाँकेमा १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघ बाँकेको आयोजनामा कोहलपुर नगरपालिका ११ शहिद स्मृति भवनमा बाँकेमा १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको हो ।
दिवसका अवसरमा नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा पूर्व मन्त्री कृष्णा केसी नमूना, बाँके जिल्ला इन्चार्ज नरेन्द्र पाण्डे जेम्स, प्रदेश सल्लाहाकार नरेश पौडेल, महासंघका केन्द्रिय सदस्य बद्रि प्रसाद जैसी ‘हेमन्त’ ले शुभकामना व्यक्त संगै मजदुरका समस्या समाधान गर्न प्रतिबद्धता गरे ।
मजदुरका समस्या समाधान गर्न नेकपा माओवादी बाहेक अरु कुनै पार्टीले नगर्ने भन्दै मजदुरसंग प्रत्यक्ष जोडिएको भनेको माओवादी पार्टी नै भएको दावी गरेका थिए ।
विभिन्न राजनितिक उतारचढाबमा नेकपा माओवादीले गरिब, मजदुर, विपन्न नागरिक, अपांङ्ग तथा अशक्त असायहरुलाई सहयोग गर्दै आएको बताउँदै श्रम ऐन, सामाजिक सुरक्षा सुनिश्चिता लगायतका अक्षरस पालना गराउन पूर्ण रुपमा पहल गर्ने नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा पूर्व मन्त्री कृष्णा केसी ‘नमूना’ले बताइन् । नमूनाले श्रम गर्ने वातावरणसँगै रोजगारी र उत्पादनमा लाग्नुपर्नेमा जोड दिएकी थिइन् ।
यस्तै बाँके जिल्ला इन्चार्ज नरेन्द्र पाण्डे ‘जेम्स’ ले श्रमिकको हितरक्षालाई केन्द्रमा राखेर विभिन्न कम्पनी, उद्योग, कलकारखानामा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम पूर्ण रुपमा कार्यान्वयन गराउन लागि पर्ने बताए ।
यस्तै अखिल नेपाल ट्रेड युनियन महासंघ बाँकेका अध्यक्ष अजरत अलि शाईले नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको उल्लेख गर्दै श्रमिकलाई उचित श्रमको हितरक्षाका निमित्त ट्रेड युनियनले माग पुरा नभए आन्दोलन गर्ने बताए । मजदुरहरुका मागहरु पुरा नभए थप शशक्त आन्दोलनका कार्यक्रम घोषणा गरी सडक तताउने अध्यक्ष शाईले चेतावनी दिए ।
शाईका अनुसार श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव नहुने अध्यक्ष शाईले स्पष्ट पारे ।
कहिले देखि मनाउन सुरु भयो अन्तर्राष्ट्रिय श्रमिक दिवस ?
आज मे १ तारिख, एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ मूल नाराका साथ मनाईंदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदूर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिन्छ ।
विश्व भरका मजदुरले दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसका दिन सार्वजनिक बिदा दिन थालिएको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्