दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते

दमक ।

दमकमा गोली प्रहारबाट एक जना छात्रा घाइते भएकी छन्। सिरहाका एक जना युवाले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत एनिका अधिकारी घाइते भएकी हुन्।

शुक्रबार दिउँसाे परीक्षा दिएर घर फर्कने क्रममा अधिकारीमाथि गोली प्रहार भएको हो। गोली प्रहार गर्ने व्यक्ति अमितकुमार यादव रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गोली हानेर यादव भागेको बताइएको छ।

गोली हानेर फरार भएका युवकको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ। घाइते अधिकारीको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान तीव्र बनाएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।