शुदाम शर्मा, रुकुम पश्चिम ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका-५ को डाङडुङ्गे र घोयलपानी गाउँ पहिरोको जोखिममा परेका छन् ।
गाउँ तलतिरबाट ठूलो पहिरो झरेपछि गाउँ नै जोखिममा परेको हो । असार २० गतेबाट सुरु भएको पहिरोले १० घरको खेतवारी बगाईसकेको छ भने २ घरको खेत पुरिएको छ । अब पहिरो गाउँ नजिकै पुगेको स्थानीय मनोज बुढाथोकीले बताए ।

अझै १० घर पहिरोको जोखममा छन्त्य, समध्ये २ घर उच्च जोखिममा रहेको बुढाथोकीले बताउँछन् । स्थानीय लिलाधर देवकोटा र गणे देवकोटाको घर उच्च जोखिममा छ । घर नजिकै पहिरो पुगेको बताएका छन् ।
त्यस्तै कमल रावल, तारा गिरी, इन्द्रजीत गिरी, मोहनसिंह रावल, रणबहादुर रावल, विरबहादुर रावल, भागिराम देवकोटा र मानबहादुर रावलको घर पनि जोखिममा रहेको छ ।
मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले जोखिममा परेकाहरुलाई आफ्न्तको घरहरुमा जानका लागि अनुरोध गरेका छौं ।

जिल्लामा रहेको विपद् व्यवस्थापन समिति र सुरक्षाकर्मीहरुसंग कुराकानी चलिरहेको छ उनले भने ५ घर उच्च जोखिममा छन् भने २५ घरधुरीभन्दा बढि जोखिममा छन् ।
अहिले केही दिनको लागि आफ्न्तको घरहरुमा बस्नका लागि अनुरोध गरिरहेका छौं, पालिकाबाट राहतको लागि अहिले कार्यपालिकाको बैंठक सुरु भैरहेको नगर प्रमुख कार्कीले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्