कोहलपुर ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा सुत्केरी महिलाको मृत्यु भएको छ । यहि २० गते राप्तीसोनारी–९ ढकेरी की ३३ बर्षिय धनसरा सुवेदीलाई सुत्केरी बेथा लागेपछि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएको थियो ।
२२ गते अप्रेशन गरिएको थियो सो अप्रेशनपछि नर्मल वार्डमा राखिएको मेडिकल कलेजका सिइयो सुनिल कुमार सिंहले जानकारी दिएका छन् ।
एक्कासी २४ गते रातीको समस्या आएपछि आइसीयूमा लयियो, के कारणले मृत्यु भएको भन्ने थाहा नभएको बताएका छन् ।
अहिले आफ्हरुले मेडिकल कलेजमा लगाइएका सिसाहरुलाई तोडफोड गरेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्