नेपालगञ्ज मेडिकल कलेज काेहलपुरमा सुत्केरी महिलाको मृत्यु

कोहलपुर ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा सुत्केरी महिलाको मृत्यु भएको छ । यहि २० गते राप्तीसोनारी–९ ढकेरी की ३३ बर्षिय धनसरा सुवेदीलाई सुत्केरी बेथा लागेपछि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएको थियो ।

२२ गते अप्रेशन गरिएको थियो सो अप्रेशनपछि नर्मल वार्डमा राखिएको मेडिकल कलेजका सिइयो सुनिल कुमार सिंहले जानकारी दिएका छन् ।

एक्कासी २४ गते रातीको समस्या आएपछि आइसीयूमा लयियो, के कारणले मृत्यु भएको भन्ने थाहा नभएको बताएका छन् ।

अहिले आफ्हरुले मेडिकल कलेजमा लगाइएका सिसाहरुलाई तोडफोड गरेका छन् ।