कोहलपुर ८ वडाका जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोे छ ।

कोहलपुर नगरपालिका वडा नम्बर ८ र ९ वडाको आयोजना र कौसिल्या अस्पतालको प्राबिधिक सहयोगमा जेष्ठ नागरिकहरुलाई आँखा, दन्त र सामान्य चिकित्सा (फिजिसियन सेवा) सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकोे हो ।

कोहलपुर वडा नम्बर ८ का अध्यक्ष लाल बहादुर राना र ९ का अध्यक्ष ओपेन्द्र नाथ योगीले असार ९ गते अर्थात (पर्सी) विहान १० बजेदेखि साँझ ३ बजेसम्म वडा कार्यालयको भवनबाट जेष्ठ नागरिकहरुलाई आँखा, दन्त र सामान्य चिकित्सा (फिजिसियन सेवा) सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको बताए ।

यस्तो सूचना