राप्तीसोनारी अध्यक्ष कप : सिद्देश्वरी मावि र लक्ष्मी नमूना माविको बर्चश्व

राप्तीसोनारी ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा सञ्चालन भइरहेको ‘पन्ध्रौ राष्ट्रिपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता तथा पाँचौ राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप–२०७९’ प्रतियोगितामा सिद्देश्वरी मावि र लक्ष्मी नमूना माविले आफ्नो बर्चस्व बढाएका छन् ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ यहि माघ ६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा सिद्देश्वरी मावि र लक्ष्मी नमूना माविले आफ्नो बर्चस्व बढाएका हुन् । आधारभूत तहको १ सय, २ सय, ४ सय मिटरको दौड, मावि तर्फ ८ सय, लङजम्प, हाइजम्प, ज्याभलिन थ्रो र मार्च पासमा सिद्देश्वरी मावि र लक्ष्मी नमूना माविले जित हात पारेको छ । मार्च पासमा लक्ष्मी नमूना मावि प्रथम, गौतम ईमी स्कुल द्धितीय, शिव शक्ति मावि तृतीय भएका छन् ।

यसैगरी आधारभूत तह छात्रा तर्फको १०० मि. दौडमा सिद्देश्वर मावि प्रथम, गणेश मावि द्धितीय र सरस्वती मावि तृतीय भएका छन् भने २०० मि. दौडमा सिद्देश्वरी मावि प्रथम, गणेश मावि द्धितीय र सति भवानी आवि तृतीय भएका छन् । ४०० मि. सिद्देश्वरी मावि, शहिद स्मारक आवि द्धितीय, गणेश मावि तृतीय भएको प्रतियोगिताको सञ्चालन तगा व्यवस्थापन समितिका संयोजक अर्जुन कुमार केसीले जानकारी दिए ।

यस्तै आधारभूत तह छात्र तर्फको १०० मि. दौडमा नेरा आवि सुर्यलालपुर प्रथम, गौतम ईमी स्कुल द्धितीय र राप्तीसोनारी ईमी स्कुल तृतीय भएका छन् भने २०० मि. दौडमा नेरामावि आवि सुर्यलालपुर प्रथम, राप्तीसोनारी ईमी स्कुल द्धितीय र सिद्देश्वरी मावि तृतीय भएका छन् । ४०० मि. नेरा आवि सुर्यलालपुर प्रथम, सिद्देश्वरी मावि द्धितीय र सरस्वती मावि तृतीय भएको प्रतियोगिताको सञ्चालन तगा व्यवस्थापन समितिका संयोजक अर्जुन कुमार केसीले जानकारी दिए ।

यस्तै १—३ चम्चा दौडमा ज्ञानपूर्णदय प्राविका रविन्द्र कुमाल प्रथम, नेरामाविका आरोही थारु द्धितीय, र कुसुमेश्वर माविका प्रकाश कुमाल तृतीय भएका छन् भने ४—५ को गणित दौडमा गणेश माविका यम बहादुर खत्री प्रथम, नेरामाविका विवेक थारु द्धितीय र महादेवपुरी सनराइएज ईमी स्कुलका नवराज विक तृतीय भएका हुन् ।

यस्तै ८०० मि. छात्रा तर्फ मावि तहको दौडमा सरस्वती मावि प्रथम, नेरामावि अगैया द्धितीय, ज्ञानजागृत आवि तृतीय भएका छन् भने सटपटमा शिव शक्ति माविकी प्रतिमा थारु प्रथम, नेरामावि सर्रीकी रमिता थारु द्धितीय र जनता माविकी रन्जना थारु तृतीय भएका छिन ।

यस्तै ८०० मि. छात्र तर्फ मावि तहको दौडमा लक्ष्मी नमूना माविका राम बहादुर विक प्रथम, चिल्डेन प्याराडाइज माविका तिरथएम थारु द्धितीय र सरस्वती माविका रोहित चौधरी तृतीय भएका छन् भने लङ्गजम्पमा लक्ष्मी नमूना माविका सनिस थारु प्रथम, शमशेरगञ्ज ईमी स्कुलका निराजन चौधरी द्धितीय र अमर ज्योति माविका राम कृष्ण थारु तृतीय भएका छन् ।

सपटपमा भने शिव शक्ति माविका विराज विक प्रथम, जनशक्ति माविका दिलु रिजाल द्धितीय र नेरामावि चिलहरियाका सर्जन थारु तृतीय भएको प्रतियोगिताको सञ्चालन तगा व्यवस्थापन समितिका संयोजक अर्जुन कुमार केसीले जानकारी दिए ।

यस्तै छात्र हाइजम्प मावि तहमा शिव शक्ति मावि मिलन विक प्रथम, लक्ष्मी नमूना मावि सुरक्षा थारु द्धितीय, अमरज्योति कृष्ण बहादुर थारु तृतीय रहेका छन् भने ज्याभलिन थ्रो मावि तहमा लक्ष्मी नमूना माविका बालकृष्ण थारु प्रथम, नेरामावि चिलहरिया सर्जन थारु द्धितीय, शिवशक्ति माविका विराज विक तृतीय भएका छन् ।

हाइजम्प मावि तहमा सिद्धेश्वर मावि प्रथम, शिवशक्ति मावि पेडारी द्धितीय र जनशक्ति मावि तृतीय भएको प्रतियोगिताको सञ्चालन तगा व्यवस्थापन समितिका संयोजक अर्जुन कुमार केसीले जानकारी दिए ।

प्रतियोगितामा अध्यक्ष कपका लागि ५१ सामुदायिक र ७ संस्थागत गरी ५८ वटा विद्यालयहरुले खेलकुद प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगिता माघ ६ गते देखि ९ गते सम्म सञ्चालन हुनेछ ।