समाचार प्रभाव : सरसफाईकर्मीले पाए तलबभत्ता




काेहलपुर  ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सरसफाईकर्मीले तलबभत्ता पाएका छन् । विगत लामोसमयदेखि आन्दोलनरत सरसफाईकर्मीले तलबभत्ता पाएपछि निकै खुसी देखिन्छन् ।

कोहलपुर टुडेले यहि जेष्ठ २० गतेका दिन सरसफाईकर्मीकाे गुहार : हामीलाई हाम्रो तलबभत्ता चाहियो भन्ने शिर्षकमा स्थलगत रिपोर्ट तयार गरेको थियो । त्यसको लगतै जेष्ठ २३ गतेका दिन सरसफाईकर्मीलाई तलबभत्ता उपलब्ध गराऊ भन्ने शिर्षकमा सम्पादकिय लेखेका थियाैं । समाचार प्रकाशित भएपछि सरसफाईकर्मीले १ महिनाको बाँकी नराखी तलबभत्ता पाएका छन् ।

२०६४ सालदेखि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा काम गर्दै आएका कोहलपुर नगरपालिका १२ का स्थानीय प्रेम खत्रीले घरखर्च चलाउन सहज भएको भन्दै खुसी व्यक्त गरे । मेडिकल कलेजमा सरसफाईको काम गर्न थालेको १५ वर्ष भयो ।

‘मेरो घर खर्च सबै यहि थियो अरु कुनै क्षेत्रबाट आम्दानीको स्रोत छैन’ उनले भने, ‘त्यसैले निकै मर्कामा परेका थियौं ।’ महामारीमा जिउ ज्यान दिएर काम गर्‍र्यौ, अहिले पनि काम गरिरहेका छौं र भविष्यमा पनि जति सकिन्छ निरन्तर गरिरहनेछौं तर नसक्ने भएपछि आफै छोड्छौं केसी बताउँछन् ।

यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ८ की उर्मिला वली उनी पनि निकै खुसी देखिन्थिन् । महामारीको बेलामा फोहोरमा उठाउँदा हरेक पटक मन चसक्क हुने गथ्र्यो उनी बताउँछीन् । ‘निकै लामोसमयसम्मको आन्दोलन गरेका थियौं तर आज आएर पुरा भयो’ उनले भनिन्, ‘हजुर लगायत हजुरको टिमलाई धन्यवाद ।’ अहिले निकै खुसी भएका छन् ।

यस्तै नेपालगञ्ज मेडिकल कलेजका प्रशासन अधिकृत निपेन्द्र बहादुर शाहले कम्पनीहरुलाई बोलाएर छलफल गरी तलबभत्ता उपलब्ध गराएको बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ २७ गते शुक्रबार