नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सरसफाईकर्मीले तलबभत्ता पाएका छैनन् । सरसफाईकर्मीलाई विगत १९ महिनादेखि तलबभत्ता नपाउँदा निकै कष्टकर जिवन विताएका छन् । मेडिकल कलेजमा सरसफाईकर्मीहरुले २०६४ सालदेखि काम छन् । कोरोना महामारीमा सन्तानलाई छोडेर भएपनि सरसफाईको काम निरन्तर गरेका थिए ।
सरसफाईकर्मीलाई काममा राखेका ४ वटा कम्पनीहरु छन् । जसमा अनलाइन मिडिया प्रा.लि., केटिएम म्यानेजमेन्ट प्रा.लि., विन्दावासिनि सेक्यूरेटी म्यानेजमेन्ट प्रा.लि., कोहलपुर त्रियाटिभ प्रा.लि रहेका छन् । यि ४ कम्पनीमार्फत राखेका ७० जना सरसफाईकर्मीहरु अहिले पनि काम गर्दै आइरहेका छन् ।
महामारीको बेलामा फोहोरमा खुला मास्क, पञ्जा देखेपछि भाइरस पो छ कि भनेर हरेक पटक मन चसक्क हुँदै हस्पिटल सरसफाई गरे । नयाँ कम्पनी आउने भन्ने हल्ला फैलाउँदै ती ४ कम्पनीहरु २०७७ फागुनदेखि तलबभत्ता उपलब्ध नगराई बाहिरिए । तर सरसफाईकर्मीले भने निरन्तर काम गरिरहे । अस्पताल प्रशासनले १९ महिनाको होइन, केही महिनाको मात्र तलबभत्ता बाँकी रहेको बताएको छ भने कम्पनीहरुले पनि प्रशासनले दिन्छ भन्दैै आलटाल गरेका छन् । यो विषयमा बाँकेमा रहेका ट्रेड यूनियन महासंघ, मानव अधिकारकर्मी, संघसंस्थाहरुले मदजुरका विषयमा बोल्नुपर्दैन । खै त आवाज निकालेको ? तर अब चौतर्फीरुपमा मजदुरहरुले तलबभत्ता पाउनका लागि कम्पनी र प्रशासनलाई घचघच्याइरहनु जरुरी छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्