काेहलपुर ।
२०६४ सालदेखि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा काम गर्दै आएका कोहलपुर नगरपालिका १२ का स्थानीय प्रेम खत्री । मेडिकल कलेजमा सरसफाईको काम गर्न थालेको १५ वर्ष भयो । उनको घर चल्ने आधार भनेको मेडिकल कलेजको तलब र भत्ता बाहेक अरु केही छैन । कोरोना महामारीमा सन्तानलाई छोडेर सरसफाईको कामलाई निरन्तर दिए ।
उनी भन्छन्, गुजार चलाउन पनि जिउ ज्यान दिएर महामारीमा काम गर्र्यौ र अहिले पनि काम गरिरहेका छौं । तर हामीलाई १९ महिनासम्मको तलब अझै नदिएको छैनै उनी बताउँछन् । आन्दोलन गर्न थालेको धेरै भयो तर हाम्रो कुरा कस्ले सुन्छ ? उनले प्रश्न गरे ।
रातको डिउटी गर्नुपर्छ, अहिले पनि निरन्तर डिउटी गरिरहेका छौं, महामारीको बेलामा फोहोरमा खुला मास्क, पञ्जा देखेपछि भाइरस पो छ कि भनेर हरेकपल्ट मन चसक्क हुन्थ्र्यो तर काम हो, उठाउनै पर्यो, उठाइयो, उनले भने ।
गहभरी आँशु झ्दै भने, १९ महिना भयोे तलब पाएका छौनौं । ‘तर अहिले तलब भत्ता नदिँदा निकै समस्या भयो मजदुर संगठनहरुलाई गुहार्र्यौ तर हाम्रो माग पुरा भएन । हामीलाई राखेका कम्पनीहरु पनि भागिसकेका छन् उनले भने ।’
यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ८ की उर्मिला वली । उनी पनि सरसफाईकर्मी हुन् । उनले पनि २०६४ सालदेखि नै काम गर्दै आएकी छिन् । नेपालगञ्ज मेडिकल कलेजमा वली जस्तै काम गर्ने ७० जना सरसफाईकर्मी रहेका छन् ।
नेपालगञ्ज मेडिकल कलेजमा सरसफाईकर्मी राख्नका लागि अहिलेसम्म ४ वटा कम्पनीले काममा राखेका सरसफाई कर्मीहरु अहिले आन्दोलनमा होमिएका छन् भने फेरी अहिले काठमाण्डौंबाट नै नयाँ कम्पनी आउन थालेको आन्दोलन सुरु भएको हो ।
यस्तै बाँके जिल्लाका मजदुर संगठनका नेता बसन्त मल्ले लामोसमयदेखि काम गरिरहेका मजदुरहरुलाई तलबभत्ता उपलब्ध गराउनुपर्ने बताएका थिए ।
‘मजदुरहरुले कोरोनोको बेलामा निकै संघर्ष गरी काम गरेका थिए अहिले पनि काम गरिरहेका छन्, उनले भने, ‘सो बेलामा काम गरेको तलब र भत्ता उपलब्ध नगराउनु गम्भिर अपराध जस्तै हो ।’ सो तलबभत्ता उपलब्ध नगराए शशक्क्त रुपमा आन्दोलनमा उत्रिने चेतावनी दिए ।
यस्तै नेपालगञ्ज मेडिकल कलेजका प्रशासन अधिकृत निपेन्द्र बहादुर शाहले केही महिनाको तलब भत्ता नपाएको हुनसक्छन् तर १९ महिनाको नै तलब भत्ता नपाएको भन्ने चाहिँ गतल भएको बताए ।
‘उहाँहरुको आ आफ्नै कम्पनीहरुबाट मेडिकलमा काम गर्नका लागि आउनुभएको छ’ उनले भने ‘तर सोही कम्पनीहरुलाई तलब दिइसकेका छौ र उहाँहरुले पनि तलब निरन्तर दिइराख्नुभएको छ ।’ तर उहाँहरुलाई हटाउन खोजेको होइन तर व्यवस्थापन गर्न खोजेका मात्र हौ प्रशासन अधिकृत निपेन्द्र बहादुर शाहले भने ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्