संघ र प्रदेशको निर्वाचन कात्तिक २७ र मंसिर ३ मा, कहाँ कहिले ?




काठमाण्डाैं ।

सरकारले संघीय र प्रदेशसभाको निर्वाचन दुई चरणमा गर्ने भएको छ । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले दुई चरणमा निर्वाचन गर्ने तयारी गरेको हो ।

आयोगसँगको परामर्शका आधारमा सरकारले आगामी कात्तिक २७ मा प्रदेश १, मधेस र वाग्मतीमा संघ र प्रदेशको निर्वाचन एकैपटक गर्ने भएको हो ।

त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मंसिर ३ मा संघ र प्रदेशको निर्वाचन गर्ने भएको हो ।

‘स्थानीय तह निर्वाचनको अनुभवका आधारमा सुरक्षा, तयारीसहितका विषयले पनि दुई चरणमा निर्वाचन गर्नुपर्ने देखियो । हामीले यसकै आधारमा दुई चरणमा निर्वाचन गर्ने गरी सरकारसँग छलफलमा तयारी गरेका हौं’ स्रोतले भन्यो, ‘दुई चरणमा कात्तिक २७ र मंसिर ३ मा निर्वाचन हुने भएकाे छ । मितिको घोषणा छिट्टै हुन्छ ।’

अघिल्लो पटक पनि संघ र प्रदेशको निर्वाचन दुई चरणमा भएको थियो ।

nepalwatch.com बाट साभार

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ २४ गते मंगलबार