रुकुम सिस्ने गाउँपालिकामा राहत वितरण




कोहलपुर ।

लुम्बिनी प्रदेशको रुकुम पूर्वको सिस्ने गाउँपालिका ७ मा रहेका अति गरिव तथा विपन्न परिवारलाई राहत वितरण गरेकाे छ ।

साेमबार एक अनौपचारिक कार्यक्रम  गरी राहत वितरण गरिएको हाे ।

साे वडाका ६० जना अति गरिव तथा विपन्न परिवारलाई हाल अमेरिकामा बस्दै आएका ७ नाथिगारका मोतिराम रावतले राहत वितरण गरेका हुन् ।

उनले १ बाेरा चामल, एक पाेका नुन र एक लिटर तेल प्रति व्यक्ति वितरण गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ २२ गते आइतबार