सल्यानी समाज बाँकेद्धारा जनप्रतिनिधिहरुलाई सम्मान

कोहलपुर ।

सल्यानी समाज बाँकेले बाँकेका ८ पालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ । शनिबार नेपालगञ्ज, कोहलपुर, राप्तीसोनारी, खजुरा, बैजनाथ, जानकी, नरैनापुर, डुडुवाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । सल्यानी समाजका अध्यक्ष दरशथ चन्दको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री प्रेम बहादुर भण्डारीको प्रमुख अतिथिमा सो कार्यक्रम भएको थियोे ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री प्रेम बहादुर भण्डारीले विगतदेखि हालसम्मको बारेमा चर्चा गरेका थिए । सल्यानबाट बाँकेमा बसाइसराई गरी स्थायी रुपमा बसोबास गर्ने सल्यानीहरुको एकताबद्ध गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको बताए ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिकाको विकास र समृद्धिमा सहयोग गर्नका लागि अपिल गरेका थिए । नगरपालिकामा शिक्षा, कृर्षि, स्वास्थ्य, खेलकुद, पर्यटक, अन्य विविध विषयहरुमा आगामी कार्ययोजनाहरुको काम सुरु हुन लागेको छ त्यसैले सल्लाह र सुझावको अपेक्षा गरेका थिए ।
यस्तै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक(तुफान)ले खजुरा गाउँपालिकामा उद्योग र कलकारखाना सञ्चालनको लागि आव्हान गरेका छन् । पालिकामा चाहिने जग्गाको उपलब्ध गराउने र उद्योग कलकारखानाको स्थापनाको लागि पालिकाले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै राप्तीसोनारी गाउँपालिका प्रमुख तप्त पौडेलका अनुसार अहिले निर्वाचित जनप्रतिनिधिहरुलाई पाँच वर्षको कार्यकालमा सफल बनाउन लाग्नुपर्ने बताएका थिए । जति चुनावमा जिताउनका लागि लागेका थियौं त्यतिकै नमुना योग्य काम गर्ने तर्फ सुझाव, सल्लाह दिन अनुरोध गरे ।

यस्तै सल्यानी समाज बाँकेका अध्यक्ष दशरथ चन्दले सल्यान घर भई बाँकेमा स्थायी रुपमा बसिरहुनुभएका सम्पूर्ण नवनिर्वाचित जनप्रतिनिधिहरुलाई उत्कृष्ट काम गर्न सुझाव दिएका थिए । सल्यानबाट बाँके आइ चार पालिका प्रमुख जितेका छौं अन्य ८ जना वडा अध्यक्ष र दजर्न भन्दा बढि वडा सदस्य जितेका छौं त्यसैले सल्यानी समाज र सबै पालिकाको विकासको लागि सदैव साथ सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यस्तै कार्यक्रममा सल्यानी समाजका कार्यसमिति सदस्य, पालिका प्रमुख, प्रेस सल्लाहाकार डिल्ली शाही, कोहलपुर नगरपालिका सल्यानी समाजका अध्यक्ष रत्न चन्द लगायतको उपस्थित रहेको थियो ।