कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको बाल ज्योति सेकेन्डरी स्कुलका अभिभावकसंग नेपाली सेनाले बृहत अन्तक्रिया कार्यक्रम गरेको छ ।
बुधबार नेपाली सेना(बज्रदल गण), बाल ज्योति माध्यमिक विद्यालय प्रशासन, सैनिक कल्याणकारी कोषअन्तर्गत छात्रबृत्तिमा अध्ययनरत विद्यार्थी, हिताधिकारी अभिभावक र सरोकारवालाविच Empannlleed स्कुल सञ्चालन र गुणस्तरीय शिक्षा बारे बृहत अन्तक्रिया कार्यक्रम भएको थियो ।
नेपाली सेना (बज्रदल गण) ले बहुसंख्यक हिताधिकारीका सन्ततीहरु शिक्षाको सुविधाबाट बञ्चित नहुने उदेश्यले विगत ५ वर्षदेखि सञ्चालनमा रहेको Empannlleed कार्यक्रम कति गुणस्तरीय तथा प्रभावकारी छ ? भनि अभिभावकहरुसंग बृहत अन्तक्रिया कार्यक्रम गरिएको हो ।
यस्तै शिक्षा महाशाखा, सैनिक कल्याणकारी महानिर्देशनालयले देशभर रहेका उत्कृष्ट संस्थागत र सामुदायिक विद्यालयसंग सहकार्य गरी शहुलियत शुल्कमा गुणस्तरीय शिक्षाको अवसर दिने उद्देश्य अनुरुप Empannlleed कार्यक्रम लागू भएको थियो ।
अभिभावक प्रेमिका शाहीले Empannlleed कार्यक्रम निकै राम्रो र प्रभावकारी भएको बताइन् । अझै थप परिक्षा शुल्क, गाडिभाडा शुल्क जस्ता छुट भएको भए आर्थिक रुपमका थोरै सहज हुने उनको सुझाव थियो ।

यस्तै कार्यक्रममा उपस्थित अधिकांश अभिभावकले समेत छोराछोरीले गुणस्तरीय शिक्षा पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।
यस्तै नेपाली सेनाका सन्ततीहरुले मासिक शुल्क, भर्ना शुल्क र बार्षिक शुल्क गरी वार्षिक रुपमा प्रतिविद्यार्थीको २० हजार रुपैयाको दरले विद्यालयले पाउने बज्रदल गणका प्रमुख सेनानी श्याम अत्रेय पौडेलले बताए । थप यसमा अभिभावकहरुले दिएको सुझावलाई कार्यान्वयन गर्ने तर्फ पहल गर्ने पौडेलले बताए ।
यस्तै नेपाली सेनाले शैक्षिक वातावरण, गुणस्तरीय शिक्षा, दक्ष जनशक्ति, पूर्वाधार लगायतका क्षेत्रहरुलाई अध्ययन गरी Empannlleed कार्यक्रमलाई लागू गरेको भ्mउबललििभभम कार्यक्रमका समन्वय अधिकृत सेनानी शिव थापाले बताए ।
यस्तै बालज्योति सेकेन्डरी स्कुुलकी संस्थापक लक्ष्मी सुवेदीले Empannlleed कार्यक्रम मार्फत १ सय १३ जना बालबालिकाहरुले अध्ययन गरिरहेको बताइन् । यसमा अझै थप गर्ने योजना रहेकाे उनको भनाई थियो ।
यस्तै बालज्योति सेकेन्डरी स्कुुलका प्रिन्सिपल दामोदर पौडेलले नेपाली सेनाका सन्ततीहरुलाई शहुलियत रुपमा अध्ययन अध्यापन गर्न पाउँदा निकै खुसी भएको बताए ।
यस्तै कार्यक्रममा सहायक प्रिन्सिपल चिरिञ्जीवी सुवेदी, सल्लाहाकार मधुसुदन न्यौपाने, शाकिराम लम्साल, पुरमल बस्नेत, बलराम काफ्ले लगायत अभिभावक र विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।















प्रतिक्रिया दिनुहोस्