साझा प्रयत्नबाट योजना निर्माण कार्यले पूर्णता पाउंछ : निर्देशक डा. खड्का




सुदाम शर्मा, कर्णाली ब्यूरो

मध्यपश्चिम विश्वविद्यालय संस्थागत सक्षमता तथा दीगो विकास योजना निर्माण कार्यदलसँग बैठक सम्पन्न भएको छ । विश्वविद्यालय पाँच वर्षे रणनीतिक योजना निर्माण समितिद्वारा गठित संस्थागत सक्षमता तथा दीगो विकास योजना निर्माण कार्यदलसँगको बैठक शुक्रवार सम्पन्न भएको हो ।


मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवम् पाँच वर्षे रणनीतिक योजना निर्माण समितिका संयोजक डा.विष्णुकुमार खड्काको अध्यक्षतामा विषयगत उपसमितिका रुपमा गठित संस्थागत सक्षमता तथा दीगो विकास योजना निर्माण कार्यदलको बैठक वीरेन्द्रनगर, सुर्खेत स्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको थियो ।
कार्यकारी निर्देशक डा. खड्काले बैठकलाई मार्गदर्शन गर्दै सबैको साझा प्रयत्नबाट योजना निर्माण कार्यले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले योजना निर्माणको काम अन्तिम चरणमा पुग्न थालेको बताउँदै तोकिएको सूचकांकमा टेकेर तथ्यपरक योजनाको खाका ल्याउन सुझाए ।


बैठकमा सहभागी कार्यदल संयोजक ललितजंग शाही सहित सदस्यहरुले विषयगत विज्ञता एवम् बहुआयामिक क्षेत्रलाई दृष्टिगत गरी विभिन्न प्रकृतिका योजना निर्माण कार्यदल गठन मार्फत सरोकारवाला सबैलाई विश्वविद्यालयको योजनासँग जोडेकोमा कार्यकारी निर्देशक डा. खड्का सहित उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम नेतृत्वको विश्वविद्यालय योजना परिषद्लाई धन्यवाद व्यक्त गरे ।कार्यदल संयोजक शाहीले विश्वविद्यालय ऐनको उद्देश्य अनुरुप यथाशीघ्र वस्तुसँगत प्रतिवेदन तयार पार्ने प्रतिबद्धता जनाए ।


बैठकमा कार्यदलका सदस्यहरु मोतीप्रसाद गिरी, यज्ञप्रसाद उपाध्याय, ई. मुकेश काफ्ले, सिन्धु दाहाल र बब्लु गुरुङ भौतिक रुपमा तथा नारायण बहुमुखी क्याम्पस दैलेखका उपप्रा. डबलबहादुर बुढा र वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उपप्राध्यापक एकराज शर्मा भर्चुअल माध्यमबाट सहभागी भै आ आफ्नो धारणा राखेका थिए । शृङ्खलाबध्द बैठकको सिलसिलामा पाँचौं विषयगत समितिका रुपमा आयोजित उक्त बैठकको सहजीकरण निर्देशनालयका प्रशासन प्रमुख शेरबहादुर केसीले गरेका थिए । उनले कोहलपुर टुडे लाई जानकारी दिदै विश्वविद्यालयले पछिल्लो समयमा विविध विधा र क्षेत्रका बारेमा घनिभुत छलफल चलाउंद
ऐ आएको जानकारी पनि दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ मंसिर १२ गते शुक्रबार