मेरो होइन हाम्रो योजना हो : डिएसपी सुन्दर तिवारी




भगवती पोख्रेल कोहलपुर ।

कोहलपुर ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले आज कोहलपुरमा रहेका मिडियाकर्मी संगको खुला अन्तरक्रिया कार्यक्रम गरेका छ्न । उनले आफ्नो एक वर्षको योजनागत उदेश्य लाई प्रस्तुत गर्दै आगामी दिनमा आफू कोहलपुरमा हुने खालका योजनाहरु लाई अनुसन्धानमुलक ढंगबाट काम गर्ने प्रतिवद्द्ता व्यक्त गरे । आफू एक महिना अगाडी मात्र कोहलपुरमा प्रवेश गरेको र यो विचमा आफुले गहिरो अध्ययन गरेर बनाएका योजना आज मिडियाकर्मी मार्फत सार्वजनिक गरेको वताए ।


उनले कोहलपुर नगर क्षेत्रभित्रको अपराधीक गतिविधिहरु लागू औषत दुर्वेसन तथा ओसारपसार, महिला तथा बालबालिका विरुद्ध अपराध, आत्महत्या, सवारी दुर्घटना, चोरी र साईवर अपराध रहेको वताए । उनले यसको न्यूनीकरणका लागि समुदाय प्रहरी साझेदारी सचेतना, सामाजिक सन्जालको सचेतना, चोरी निकासी उपर कार्वाही, सडक सुरक्षा योजना र मापसे चेक जाँच रहेको वताए ।

कोहलपुरमा मध्यम तथा गम्भीर घाइते १३७ जना, सवारी दुर्घटनाबाट मृत्यु २१ जसमा मोटरसाइकल ११, पैदलयात्री ५, साइकल यात्री ३ र अन्य २ रहेको जानकारी दिए । उनले तिब्रगती तथा मापसे प्रहरी चेकिङबाट मापसे तथा सामान्यमा १३७, सार्वजनिक बस र चालक ३ कार्वाही गरेको वताए ।


समुदाय प्रहरी साझेदारीका लागि नेपाल प्रहरी, स्थानीय सरकार, समुदाय, सामाजिक संघसंस्था र विद्यालय र कलेजको आपसी सहयोगमा हुने गर्न सकिने वताए । उनले फागुन महिनामा लागू औषध मुद्दा  दर्ता ५२ वटा र ब्राउन सुगर मुद्दा  दर्ता ४७ र २४४.८७ रहेको वताए । उनले घरेलुहिंसा १०२, बालविवाह, जातीय विभेद,छुवाछूत र मानव बेचबिखन र ओसारपसार रहेको वताए ।

उनले नागरिक सहायता कक्षबाट निवेदन दर्ता फागुन महिनामा २०३ वटा निवेदन परेको वताए । फागुन महिनामा अबैध भन्सार छली ३६ लाख ४७ हजार ३०६ रहेको वताए । यो महिनामा अबैध उत्खनन जेसिबि १, टिपर ट्याक्टर ९, ओभरलोड तथा ढाला जडान टिपर ट्याक्टर ५६ वटा कार्वाही गरिएको वताए ।

उनले आत्महत्या तथा अपराधीक गतिविधि न्यूनीकरण तथा उजुरीको लागि ११६६ मा कल गर्न सकिने वताए । आगामी दिनमा कोहलपुरको स्थानीय सरकार, उधोगी, व्यापारी, संघसंस्था लगायत सम्पूर्ण सरोकारवाला निकायको पहलमा सिसिटिभी जडान गरि अपराधी गतिविधि न्यूनीकरण गर्ने योजना बनाए । उनले आम मिडियाकर्मी संगको सम्बन्ध निकै नजिक रहि आफुलाई सहयोग गर्ने मात्र होइन, आफुले गलत गरे निगरानी राख्न पनि अनुरोध गरे । उनले आफू कोहलपुरमा सक्षम हुनका लागि सहयोग गर्न निर्देशन दिए ।

उनले भने आफु कोहलपुरमा हुने अबैध देहव्यापारलाई अनिवार्य न्यूनीकरण गरिने कुरामा जोड दिए । पत्रकारहरुका प्रश्नको जवाफ दिदै उनले आफू हरेक कुरामा सचेत भएको र हुने वताए । उक्त कार्यक्रममा कोहलपुरका पत्रकार सहित पत्रकार महासंघका नेताहरुको उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत २ गते बिहीबार