Kohalpur Today Header Ads

ज्ञानोदय सामुदायिक पुस्तकालयद्धारा ३५ प्वाइन्ट रगत्त संकलन




सुनिसा चन्द, कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्राेत केन्द्रद्धारा ३५ प्वाइन्ट रगत्त संकलन भएको छ ।

शुक्रबार १७ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रममा ३५ प्वाइन्ट रगत्त संकलन भएको हो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

कोहलपुर नगरपालिका ११ वडाका वडा अध्यक्ष कल्पना शर्मा अधिकारी प्रमुख अतिथित्यतामा भएको रक्तदान कार्यक्रम पुस्तकालयका उपाध्यक्ष मणिप्रसाद गैरैले सञ्चालन गरेका थिए ।

ज्ञानोदय सामुदायिक पुस्तकालयका सचिव एकराज शर्माले अस्पतालमा कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा भएको भन्ने विभिन्न सञ्चारमाध्यममा सुनिएको र रगतको अभाव हुन नदि मद्दत पुगोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।

नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र कोहलपुरका प्रमुख राजेन्द्र महतराका अनुसार यस्ता रक्तदान कार्यक्रमले धेरैको ज्यान जोगाएको भन्दै पुस्तकालयका सम्पूर्ण पदाअधिकारी लगायत सम्पूर्ण टिमलाई धन्यवाद दिए ।

अगामी दिनमा समेत विभिन्न संघ, संस्था तथा राजनितिक दलहरुले समेत रक्तदान कार्यक्रमको आयोजना गरी रगत संकलनमा सहयोगी भूमिका खेल्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएको प्रमुख महतराले बताए ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ भदौ १४ गते शुक्रबार