बाँकेमा राप्ती नदीले खतराको तह पार

काेहलपुर । बाँकेमा राप्ती नदीले खतराको तह पार गरेको छ ।  राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । बाढी मापन केन्द्र कुसुमका अनुसार दिउँसो ५.६३ बजे राप्ती नदीमा पानीको सतह पुगेको छ ।

कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिटर रहे चेतावनीको सतह र ५ दशमलव ४ मिटर भए खतराको सतह मानिन्छ ।

राप्ती नदीमा खतराको सतहमा पानी भए डुडुवाको होलिया, चौफेरी, बेतहनी, कम्दी र राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर लगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।