जनताको काम गर्दै पदभार ग्रहण, जसका यस्ता छन् महत्वपूर्ण ३ निर्णय




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाका जनप्रतिनिधिले पदभार ग्रहण पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दागर्दै उनले नेपालञ्ज मेडिकल कलेज र नेपालगञ्ज भेरी अस्पतालमा विरामीको उपचारको लागि सिफारिस गरेकी थिइन् ।

औषधि उपचारमा ५० प्रतिशत छुट हुने गरी वडाबाटै नै सिफारिस गरी आफ्नो पदभार ग्रहण गरेकी हुन् ।

कोहलपुर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष कल्पना अधिकारीले पदभार ग्रहण गर्दै गर्दा ३ महत्वपूर्ण निर्णय गरेका छन् । आगामी आर्थिक वर्ष २०७९/०८० बाट कार्यान्वयन हुने गरी ३ वटा महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका हुन् ।

यस्ता छन् निर्णय

१. वर्षको दुई पटक बृद्धाबृद्धहरुलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने ।
२. जनताको घरघर पुगेर मृत्यु र जन्म दर्ता गर्ने ।
३. दिर्घकालिन फोहोर व्यवस्थापन गर्ने ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ १० गते मंगलबार