कोहलपुर ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले ट्राफिक र प्रहरीको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ । शनिबार नेपालगञ्ज मेडिकल कलेजमा रहेको एनजिएमसी युथ क्लबले प्रोजेक्ट केयर कार्यक्रम आयोजना गरी ट्राफिक र प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको
थियो ।

इमरजेन्सी विभागमा कार्यरत डा. देवेन्द्र आचार्यका अनुसार ५० जना ट्राफिक र प्रहरीहरुको निःशुल्क रुपमा स्वास्थ्य परिक्षण गरेको कोहलपुर टुडेलाई जानकारी दिए ।

यस्तै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालका नाक, कान, घाँटीका विभागका प्रोफेसर तथा विभागिय प्रमुख डा. डुण्डीराज पौडेल, आँखा रोग विभागका प्रोफेसर तथा विभागिय प्रमुख डा. नन्दा कुमारी गुरुङ्ग, मेडिसिन विभागकी ऐसिस्टेन्ट प्रो. डा. मेरिना श्रेष्ठ, मेडिसिन विभागमा कार्यरत डा. चेतन न्यौपाने, नाक, कान, घाँटी विभागमा कार्यरत डा. रबि के.सी, छालारोग विभागका डा.जेनी थापा, कम्यूनिटि मेडिसिन विभागमा कार्यरत डा. स्वकृति कोइराला लगायतको टोलीको नेतृत्वमा निःशुल्क स्वास्थ्य परिक्षण गरिएको इमरजेन्सी विभागमा कार्यरतडा.आचार्यले बताए ।

- याे पनि हेर्नुहाेस् ।
मेडिकल माफिया चरम शोषण, बिरामीलाई बाहिरबाट खाना ल्याउँदा गेटमा ५० रुपैयाको टिकट
काेहलपुरमा मेडिकल माफिया सकृय, एउटै रड ५ पटकसम्म प्रयाेग, पुरानै रडलाई अठ्ठाईस हजार बढि रकम असुलि
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्