कांग्रेस थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त निर्वाचित




नेपाली कांग्रेसको थारु क्लस्टरतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित भएका छन् । केन्द्रीय निर्वाचन समितिले दिएको जानकारीअनुसार तेजुलाल चौधरीलाई हराउँदै उमाकान्त निर्वाचित भएका हुन् ।

निर्वाचित भएका उमाकान्तले २७५६ मत ल्याउँदा अर्का उम्मेदवार तेजुलाल चौधरीले १८७७ मत ल्याए । निर्वाचित चौधरी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका हुन् । कांग्रेसको १४औँ महाधिवेशनमा सिटौला समूहले शेरबहादुर देउवा समूहलाई सहयोग गरेको थियो । निर्वाचित चौधरी उनै देउवा समूहबाट उम्मेदवार थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस २ गते शुक्रबार