कोहलपुर बसपार्कमा ब्रेकफेल भएर खाजा घरभित्र मिनि बस, खाजा घरको समानमा क्षति




काेहलपुर ।

कोहलपुर नगरपालिका वडा नम्बर ११ मा रहेको छोटो दुरीको बसपार्कमा ब्रेक फेल भएर लुम्बिनी खाजा घरको समानहरुमा क्षति पुगेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख हिमाल शाहले गाडिकाे ब्रके नलागेर लुम्बिनी खाजा घरको समानहरुमा क्षति भएकाे बताए ।

उनका अनुसार भेरी यातायात प्रा.लिकाे  ना ४ ख ७४३ नम्बरकाे मिनि बसका चालक लाल बहादुर खत्री रहेकाे काेहलपुर टुडेलाइ जानकारी दिएकाे छ ।

अहिले खाजा घरमा भएकाे क्षतिमा अण्डा, म:म, पर्खाल, नास्ता खान आएका व्यक्तिको साइकल लगायत अन्य समानहरुमा क्षति पुगेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ३० गते शुक्रबार