कोहलपुरबासीको आशा र भरोसा छ्नौट्को दिन

कोहलपुर ।                                                          स्थानीय निर्वाचन २०७९ अन्तर्गत अबको १२ घन्टा पछि कोहलपुर नगरपालिका भित्र कोहलपुर बासीले कस्तो नगर प्रमुख छान्ने भन्ने कुराको निर्णय गर्ने छ्न । कोहलपुर बासिको भाग्य र भविस्य छ्नौट गर्ने दिन हो भोलि । कोहलपुरमा विगत २४ बर्ष देखि स्थानीय सरकारको नेतृत्व सम्हालेर आएको नेकपा एमालेले यो पटक के फेरि पनि ह्याटि्रक गर्ला ? हेर्न केही घन्टा मात्र पर्खनु पर्ने छ कोहलपुर बासिले । अर्को तर्फ आफ्ना मतदाताहरु अन्य पार्टी भन्दा बढी भएपनि आन्तरिक घातको कारण दोस्रो हुने नेपाली कांग्रेसले यो पटक युवा तथा सक्षम व्यक्तिलाई अगाडिको सारेको र सबै कांग्रेसका नेताहरु एक भएकोले यो पटक स्वाभाविक रूपमा आफुले बाजि मार्ला ? यो पटक कोहलपुर नगरपालिकाको स्थानीय सरकार संचालन गर्नकै लागि युवा नेतृत्व मैदानमा उतारेको छ । अर्को तर्फ २०७४ मा स्थानीय सरकारको नेतृत्व गर्ने आशा भरोसाका साथ लागेको नेकपा माओवादी केन्द्रले पनि यो पटक आफुने एमालेको किल्ला तोडने जमर्को गरेको छ । कोहलपुरको स्थानीय निकायको सरकार अबको पांच बर्ष संचालन कुन पार्टीले गर्ला ? कसले गरे कोहलपुर बासिको भाग्य  भविस्य बन्ला त्यसको लागि अबको १२ घन्टामा कोहलपुर बासिल निर्णय गर्ने छ्न । स्थानीय निर्वाचनमा यो पटक नेपाली कांग्रेसबाट युवा नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य पुर्ण प्रसाद आचार्य, नेकपा एमाले बाट नगर अध्यक्ष खिल प्रसाद भुषाल तथा नेकपा माओवादी केन्द्रबाट केन्द्रिय सदस्य नरेन्द्र न्यौपाने मैदानमा उत्रिएका छ्न भने राप्रपा बाट प्रदीप शाह र स्वतन्त्रबाट देवानन्द अर्याल मैदानमा छ्न ।