मध्यपश्चिम विश्वविद्यालयको एम.एड. प्रथम सेमेस्टरका नयाँ पाठ्यपुस्तक बजारमा




कोहलपुर । विभिन्न विश्वविद्यालयका पाठ्यपुस्तक लेखन गर्दै आएका लेखक एकराज शर्माले मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कुल अफ एजुकेसनअन्तर्गत स्नातकोत्तर तह (एम.एड.) प्रथम सेमेस्टरका लागि दुई नयाँ पाठ्यपुस्तक बजारमा ल्याएका छन्।

परिवर्तित पाठ्यक्रमलाई आधार बनाएर तयार पारिएका ‘शिक्षाको दार्शनिक आधार’ (Philosophical Foundation of Education–EDU-211) र ‘शिक्षा र विकास’ (Education and Development–EDU-212) पुस्तक बजारमा उपलब्ध भएका हुन्।

लेखक शर्माका अनुसार एम.एड. प्रथम सेमेस्टरका विद्यार्थीलाई परिवर्तित पाठ्यक्रमअनुसार अध्ययन गर्न सहज हुने गरी दुवै पुस्तक तयार गरिएको हो। पुस्तकमा पाठ्यक्रमले समेटेका विषयवस्तुलाई सरल, व्यवस्थित र विद्यार्थीमैत्री ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको उनले बताए।

शर्माले विभिन्न विश्वविद्यालयका पाठ्यपुस्तक लेखनपछि यसपटक मध्यपश्चिम विश्वविद्यालयको परिवर्तित पाठ्यक्रमअनुसारका अनिवार्य विषयलाई केन्द्रमा राखेर पुस्तक तयार गर्न लामो समय मेहनत गरेको बताए।

‘शिक्षाको दार्शनिक आधार’ पुस्तकमा शिक्षाका दार्शनिक आधार, विभिन्न दार्शनिक दृष्टिकोण तथा शिक्षासँग दर्शनको सम्बन्धलगायत विषय समेटिएका छन्। यस्तै ‘शिक्षा र विकास’ पुस्तकमा शिक्षा र विकासबीचको सम्बन्ध तथा विकासका विभिन्न आयामसँग सम्बन्धित विषयवस्तुलाई पाठ्यक्रमअनुसार समेटिएको छ।

दुवै पुस्तक दाजुभाइ प्रकाशक तथा वितरक प्रा.लि., उज्ज्वरा, जनागाल, काभ्रेपलाञ्चोकबाट प्रकाशित भएका हुन्। पुस्तक एम.एड. प्रथम सेमेस्टर अध्ययनरत विद्यार्थी तथा शिक्षासम्बन्धी विषयमा रुचि राख्ने पाठकका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ भदौ ७ गते आइतबार