वेस्टर्न ई.मी.स्कुुलद्धारा नवआगन्तुक विद्यार्थीलाई स्वागत




कोहलपुर । कोहलपुर नगरपालिका ५ मा रहेको वेस्टर्न ई.मी.स्कुुलले नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम गरेको छ ।

शनिबार नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष कुशुम रानाभाटको प्रमुख अतिथि तथा कक्षा १२ की छात्रा प्रकृति शाहीको अध्यक्षतामा नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम गरेको हो ।

कार्यक्रममा वेष्टर्न ईमी स्कुलका संस्थापक कुुबेर बस्नेतले आफू र आफ्नो परिवार निकै खुसी भएको बताए । कक्षा ११ मा नयाँ भर्ना हुनुभएका विद्यार्थी भाइबहिनीहरुले देखाएको उर्जा, अनुशासन, विद्यालय भित्र गरिने क्रियाकलाप लगायत अन्य गतिविधिहरुलाई सहजताका साथ लिनुहुने छ भन्ने विश्वास लिएको बताए ।

‘एउटा कक्षा कोठामा ४० भन्दा बढि विद्यार्थी राखेका छौं,’ उनले भने, ‘गुणस्तरीय र प्रभावकारीता दिन यस्तो योजना ल्याएका छौं ।’ जसलाई विद्यालयका प्रिन्सिपल उमेश कुमार श्रेष्ठ, कोडिनेटर राजु दहाल, अभिभावक, शिक्षक, कर्मचारी लगायत विद्यार्थीहरुले विद्यालयको नियम, अनुशासन र प्रशासनको अधिनमा गर्नुभएको महेनत, परिश्रम, लगनशितलालाई मुल्याङ्कन गरेको संस्थापक बस्नेतले बताए । आगामी दिनमा यस्तै सहयोग र सुझाव दिनुहुनेछ भन्दै धन्यवाद व्यक्त गरे ।

यस्तै कार्यक्रममा विद्यार्थीहरूले राष्ट्रिय गीत, नृत्य, गीत तथा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। राष्ट्रिय गीतमा प्रकृति शाही, शिखा ओली, शिखा खत्री, गीता खत्री, माया सिञ्जाली मगर, उन्नति रावत, प्रतिमा बुढा र सलिना बुढा क्षेत्रीले प्रस्तुति दिएका थिए।

हार्मोनियममा जस्मिन शाही, खैँजडीमा पूजा राना र मादलमा समीर खत्रीले साथ दिएका थिए। कार्यक्रममा विद्यार्थी सलिना बुढा क्षेत्री, वर्षा थापा, सन्ध्या डीसी, निशान हिमाली, दिपेश पाण्डे, अर्बिना थापा, नीतु गुरुङ, सन्ध्या मल्ल, पार्लिशा शाही, दिपशिखा रावत, कल्पना खड्कालगायतले नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा विद्यार्थी आशिका बिशोकर्माले मन्तव्य राखेकी थिइन्। यस्तै शिक्षक टेकबहादुर सुनार, प्रकाश चापागाईं र राजु दाहाललगायतले पनि मन्तव्य राखेका थिए।

विद्यार्थी सुजन बी।के।, सुरज बी।के। र सन्दिप बन्थाले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि कुसुम रानाभाटलाई विद्यार्थीहरूले मायाको चिनो प्रदान गरेका थिए भने विद्यालयका संस्थापक कुबेर बस्नेतलाई पनि मायाको चिनो हस्तान्तरण गरिएको थियो।

त्यस्तै कार्यक्रममा सलिना बुढाथोकी, आशिष तिमिल्सेना, जानकी पुन मगर, अभिषेक बुढा, उन्नति रावत, नवीन सुनार, रोमा गौतम, निराजन शाही, विपिन बनियाँ र उमा कुँवरलगायतले विभिन्न नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। मुनाङ राना मगरले गीत प्रस्तुत गरेका थिए।

कार्यक्रमले विद्यार्थीमा रहेको कला, संस्कृति र सिर्जनशीलतालाई उजागर गर्नुका साथै नयाँ विद्यार्थीलाई विद्यालयको वातावरणसँग घुलमिल हुन सहयोग पुगेको आयोजकले जनाएको छ।

त्यस्तै कार्यक्रममा विद्यालयका विज्ञान संकाय इन्चार्ज हरिसरण रेग्मी, बेसिक तह इन्चार्ज उषा शाही, प्रि–प्राइमरी तह इन्चार्ज गोमा श्रेष्ठलगायत शिक्षक, विद्यार्थी तथा अतिथिहरूको सहभागिता थियो।

कार्यक्रमको सञ्चालन सृजना जैसी र विवेक बुढाले गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ भदौ ८ गते सोमबार