कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको जनज्योति पब्लिक हाई स्कुलका प्रिन्सिपल जनक चन्द सम्मानित भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोज २ गते राष्ट्रिय शिक्षा पुरस्कार, विभूषण तथा विद्यापदक पुस्कृत हुने संस्था तथा व्यक्तित्वहरुको नाम सार्वजनिक गरेको थियो ।
निजी लगानीका विद्यालयका शिक्षक, कर्मचारी र संस्थापक अन्र्तगत लुम्बिनी प्रदेशका ५ जनालाई सम्मानित गर्ने सूचना जारी गरेको थियो ।
सम्मानित हुनेमा लुम्बिनी प्रदेशबाट जनज्योति पब्लिक हाई स्कुल कोहलपुर २, बाँके, दाङ, कपिलबस्तु, नवलपरासी पश्चिम, रुपन्देहीका शिक्षक र संस्थापकहरु रहेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरबाट २०८१ भ्दौ ३१ गतेको निर्णय भएको हो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्