Kohalpur Today Header Ads

ब्रिज इन्टरनेशनल स्कुलका बालबालिकाले खाजा खर्च कटाएर निलसागरलाई खाद्यान्न सहयोग




कोहलपुर। कोहलपुर नगरपालिका–५ स्थित ब्रिज इन्टरनेशनल स्कुलका कक्षा ७ देखि १० सम्म अध्ययनरत बालबालिकाले आफ्नो खाजा खर्च कटाएर निलसागर सेवा आश्रम, कोहलपुरलाई खाद्यान्न सहयोग गरेका छन्।

विद्यार्थीहरूले संकलन गरेको करिब २९ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री आश्रमलाई हस्तान्तरण गरेका हुन्। सहयोगमार्फत विद्यार्थीहरूले सामाजिक उत्तरदायित्व, मानवीय भावना र सेवाको संस्कारलाई व्यवहारमै उतार्ने प्रयास गरेकाे स्कुलका प्रिन्सिपल समीर घर्ती ले बताए ।

LIfe Ok

विद्यालयका विद्यार्थीहरूले आफ्नो व्यक्तिगत खाजा खर्चबाट रकम बचत गरी आश्रममा रहेका ज्येष्ठ नागरिक तथा आश्रित व्यक्तिहरूका लागि आवश्यक खाद्यान्न जुटाएका हुन्। सानै उमेरदेखि सहयोग र सेवाको भावना विकास गराउने उद्देश्यले गरिएको यो अभियानले विद्यार्थीमा सामाजिक जिम्मेवारीबोध बढाउन सहयोग पुग्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवकुमार पौड्यालले बताए ।

खाद्यान्न हस्तान्तरण कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ भदौ ७ गते आइतबार