लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, तीन नयाँ मन्त्री नियुक्त




बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। प्रदेश प्रमुखको कार्यालय, लुम्बिनी प्रदेशले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो।

पुनर्गठनअनुसार स्वास्थ्य मन्त्रीमा दीपेन्द्र कुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा कृष्ण कुश्मा थारू नियुक्त गरिएको छ।

यस्तै वन, वातावरण तथा पर्यटन मन्त्री तुलसीप्रसाद चौधरी, सामाजिक विकास मन्त्रीमा रमेश प्रसाद घिमिरे, शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रीमा सन्तोष कुमार पाण्डेय, भौतिक पूर्वाधार विकास मन्त्रीमा रतन बहादुर खत्री र आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारी लाल अहिर रहने गरी पुनर्गठन गरिएकाे छ ।

प्रदेश प्रमुखको कार्यालयका सचिव राजेश थापाद्वारा हस्ताक्षरित पत्रमा मन्त्रिपरिषद् पुनर्गठन गरिएकाे बताइएकाे छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ भदौ ८ गते सोमबार