कोहलपुरमा गठबन्धनका ७७ उम्मेदवारका ७७ वटा प्रतिवद्धता यस्ता छन् (पूर्ण विवरण)

काेहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को संयुक्त गठबन्धनले ७७ जना उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ ।

पालिकाको मेयर, उपमेयर सहित १५ वडाका अध्यक्ष सहितका ७७ वटा पदाधिकारीहरु मैदानमा उतारेको गठबन्धनले ७७ वटा बुँदासहितको प्रतिवद्धता पत्र समेत अगाडी सारेको छ ।

बैशाख ३० गते हुन गईरहेको स्थानिय तह निर्वाचनकालागि कोहलपुरमा चुनावी तालमेल गरेको गठबन्धनले ७७ बुँदासहितको प्रतिवद्धता पत्र लाई अक्षरस पालना गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

समानतामा आधारित न्यायपूर्ण समाज निर्माणकालागि लोककल्याणकारी स्थानिय सरकार निर्माण सङ्कल्पसहित गठबन्धनले प्रतिवद्धता पत्रमा ७७ बुँदा समावेश गरेको हो ।

प्रतिवद्धता पत्रमा शुसासन, स्वास्थ्य, शिक्षा, रोजगार, कृषि, पुर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, उद्योग कलकारखाना, युवा, खेलकुद, संस्कृति, पर्यटन, शान्ति शुरक्षा, दुर्घटना न्यूनिकरण, संघसंस्था ब्यवस्थापन, संचार बजार ब्यवस्थापन तथा शैन्दर्यकरण शिर्षकमा ७७ वटा प्रतिवद्धता ब्यक्त गरीएको छ ।