Kohalpur Today Header Ads

दसैंलाई नयाँ नोट चाहियो ? बैंक जानुस्, साट्नुस्




काेहलपुर । राष्ट्र बैंकले नयाँ नोट साटनका लागि विगतमा जस्तो सूचना जारी गर्ने चलन यसपालि हटाएको छ । इच्छुक सर्वसाधारणले राष्ट्र बैंकका केन्द्रीय तथा क्षेत्रीय कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थाका शाखाबाट सजिलै नयाँ नोट सटही सुविधा पाउने व्यवस्था मिलाइएको छ । नयाँ नोट सटही सुविधा उपलब्ध भइसकेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्ला दुई वर्ष राष्ट्र बैंकले नयाँ नोटको साटो सुकिला नोट सटही गरिदिएको थियो । यस वर्ष भने नयाँ नोट नै सटही गरिने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुसार सार्वजनिक बिदाबाहेक सबै दिन सर्वसाधारणले नोट साट्न सक्नेछन् ।

LIfe Ok

काठमाडौं उपत्यकामा थापाथलीस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय र सबै क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण भइरहेको राष्ट्र बैंकले बताएको छ । यस्तै सबै बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट सटही सुविधा दिन नयाँ नोट दिइसकिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख अनुज दाहालले जनाए ।

राष्ट्र बैंकका कार्यालय र बैंक तथा वित्तीय संस्थाका शाखाबाट नयाँ नोट सटही भइरहेकाले सर्वसाधारणले आफूलाई पायक पर्ने शाखामा गएर नयाँ नोट सटही गर्न सक्ने उनको भनाइ छ । आफ्ना ग्राहकलाई वितरण गर्न बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट थप नयाँ नोट लिइसकेको पनि उनले बताए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असोज १४ गते बुधबार