
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा अघोषित रुपमा लोडसेडिङ्ग गरेको भन्दै नेकपा माओवादी केन्द्र कोहलपुरले खबरदारी सहित ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
सोमबार माओवादी केन्द्र कोहलपुरका अध्यक्ष बल बहादुर खड्का ‘अविरल’ को नेतृत्वमा गएको टोलीले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका कोहलपुर प्रमुख माधव महतलाई बुझाएका हुन् ।
माओवादी केन्द्र कोहलपुरका अध्यक्ष खड्का ‘अविरल’ ले विद्युत सेवा एक दिनमै २० पटक सम्म जाने भएको भन्दै नागरिकको दैनिकी काम समेत प्रभावित भएको, कार्यालय तथा विद्युतीय उपकरण सञ्चालक व्यवसायहरूमा समेत बाधा पुगेको भन्दै खबरदारीको कार्यक्रम गरेको बताए ।
ध्यानाकर्षण पत्र समेटिएका समस्याहरुलाई तत्काल सम्बोधन नगरेपछि त्यसको जिम्मेवारी स्वयम् कार्यालय हुने नगर अध्यक्ष खड्काले चेतावनी समेत दिएका थिए । केही महिना अघि सहज आपूर्ति गरिरहेको भए पनि पछिल्लो समय विद्युत सेवामा चरम अव्यवस्था देखिएको भन्दै स्थानीय नागरिक तथा विभिन्न संघ–संस्थाहरू आक्रोशित छन्।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्