प्रधानमन्त्रीले राष्ट्रको नाममा अपराह्न ३ बजे सम्बोधन गर्ने




काेहलपुर ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बाेधन गर्न लागेका हुन् । सरकार गठन भएको ६ महीना पुगेको सन्दर्भमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन् ।

सम्बोधनको क्रममा सरकारका उपलब्धिबारे प्रधानमन्त्रीले जानकारी दिने उनको सचिवालयले जनाएको छ । कांग्रेस सभापति देउवा पछिल्लो पटक गत असार २९ गते प्रधानमन्त्री बनेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ ७ गते शुक्रबार