कोहलपुर ।
सबैका लागि पढाई परियोजना अन्र्तगत अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
शिक्षा युवा तथा खेलकुद शाखा कोहलपुर बाँकेको समन्वय, यु.एस.आई.डि.को आर्थिक सहयोग, विश्व शिक्षाको प्राविधिक सहयोग, एच आई नेपालको साझेदारी तथा डेक नेपाल बाँकेद्वारा सञ्चालित सबैका लागि पढाई परियोजनाद्वारा सञ्चालित ईआरएस सदस्यहरुलाई विद्यालयमा बालबालिकाको प्रारम्भिक पहिचान गर्नका अभिमूखिकरण कार्यक्रम गरिएको हो ।
डेक नेपाल बाँकेले अपाङ्गता क्षेत्रमा काम गर्दै आईरहेको यस संस्थाले सामुदायिक विद्यालयका शिक्षक, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीलाई अपाङ्गता र समावेशी शिक्षा सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न गरिएको डेक नेपाल बाँकेका कार्यकारी निर्देशक देविद्त आचार्यले कोहलपुर टुडेलाई जानकारी दिएका छन् ।
यस्तै सामुदायिक विद्यालयमा रहेका शिक्षकले कक्षा कोठामा अध्यापन गराउँदा अपाङ्गता पहिचान गरी कक्षा १ देखि ३ सम्मका बालबालिकाहरुलाई सोही अनुसारको व्यवहार देखाउँदै सहज रूपमा शिक्षा प्रदान गरी शिक्षण गर्न सजह हुने उदेश्यले यो कार्यक्रम गरिएको सामाजिक परिचालक भगवती पोख्रेलले जानकारी दिएकी छन् ।

विगतदेखि बाँके जिल्लाका डेक नेपाल बाँकेले सबै स्थानीय तहमा अपाङगता सम्बन्धीका विभिन्न कार्यक्रम सञ्चालमा गर्दै आइरहेको छ । डेक नेपाल बांकेको यस पहलमा बाँके जिल्लाका सामुदायिक विद्यालमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका अपाङगता विद्यार्थीहरुलाई पठनपाठनमा सहजता ल्याएको राप्तीसोनारी गाउँ पालिका वडा नं ८ जनशक्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन खत्रीले जानकारी दिए ।

डेक नेपाल बाँकेले राप्तीसोनरी गाउँपालिकालाई फोकस पालिका मानेर विविध कार्यक्रम गर्दै आएको छ । यस संस्थाले कोभिड—१९ को समयावधि अनलाइनको र कोभिडपछि भौतिक रूपमा माध्यमबाट सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्म पठनपाठन गर्ने शिक्षक तथा प्रधानाध्यापक र डाटा अपरेटरलाई समेत अपाङ्गता सम्बन्धी तालिम दिएको थियो ।

यस्तै विद्यालयमा गठन गरेका इ.आर.एस. टोलिलाई अपाङ्गता सम्बन्धिको तालिम सञ्चालन गरिरहेको छ । उक्त तालिम राप्तीसोनारी गाउँपालिका भित्र सञ्चालित जनता माध्यमिक विद्यालय, गणेश माध्यमिक विद्यालय, ने.रा.आ.वि. महादेवा, सरस्वती प्रा. वि. गुरुवागाउ, जनशक्ति मा.वि. बालापुर, भगवती आ.वि. ओभरी, शिवशक्ती मा.वि.पेरानी, ने.रा.आ.वि.राजपुरमा सम्पन्न भएको छ ।

यस्तै कोहलपुर नगरपालिकामा समेत सो कार्यक्रम सञ्चालन भैरहेका छन्। जसमध्ये ने.रा.आ.वि. चटार, बालशिक्षा आ.वि. भरैया, ने.रा.आ.वि.सिमरी, कृष्ण मा.वि. कौशिला नगर, मुक्ती प्रा. वि. मुक्तिनगरमा बिहिबार सम्पन्न गरिएको समाजिक परिचालक भगवती पोख्रेलले जानकारी दिएकी छ्न ।
सबै पालिकामा सामाजिक परिचालकहरुद्वारा अभिमूखिकरण कार्यक्रम सञ्चालन भइरहेको छ । राप्तीसोनारी गाउँपालिका ८ विद्यालय र कोहलपुरका १९ विद्यालयमा यो कार्यक्रमको सहजीकरण भगवती पोख्रेलले गरेकी छिन भने अन्य पालिकामा सामाजिक परिचालक खटाइएको सहजिकरण पोख्रेलले जानकारी दिएकी थिइन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्