डिग्रे साई कुमारी मन्दिरको एक चर्चा

लुम्बिनी प्रदेश राप्ती अञ्चल रुकुम पश्चिम मुसिकोट नगरपालिकामा अवस्थित निकै प्रसिद्ध तर सरकारको आँखा निकै कम लागेको मन्दिर हो डिग्रे साईकुमारी । यो मन्दिर साविकको खलङ्गा गा.वि.स. वडा नं ४ थर्पुमा रहेको छ । यो मन्दिर पुग्नको लागि रुकुम सदरमुकाम खलङ्गा देखि एक घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ । यो मन्दिर यातायातको साधनबाट आधा घण्टा लाग्ने गर्दछ । यो मन्दिरको ऐतिहासिक चर्चा गर्दा करिब १७ औ शताब्दिको अन्त्यतिर तत्कलिन मुसिकोटे राजाले राज्य गर्ने क्रममा उत्पति भएको भन्ने प्रमाणहरु रहेका छन् । तत्कालिन मुसिकोटे राजा हाल मन्दिर रहेका क्षेत्र वरीपरीको जंगलमा बसोबास गर्ने गरेको किवदन्ति छ । राजाले आफनो राज्यमा र स्वयम् आफुले पनि धेरै गाईहरु पाल्न लगाएका र आफुले पनि पालेका थिए रे । उनले हरेक दिन ति गाईहरु हाल मन्दिर भएको क्षेत्र वरपर जंगलमा गाईहरु चराउनाको लागि लग्ने गरेका थिए । यो मन्दिर निकै उच्च टापुमा भएकोले उक्त जंगलमा कतै पनि पानी पाईदैनथ्यो । तर उक्त ठाउँ भने निकै उचाईमा रहेको कारण पनि पानीको अभाव रहेको थियो । केहि समय पछि कार्तिक शुक्ल एकालदशीको दिनमा उक्त स्थानमा गाईहरु पानीको खोजीमा भौतारिएका थिए रे ।

पानी खोज्ने क्रममा एउटा गाई सानो ओडारमा पुगेको थियो । उक्त ओडार निकै ओसिलो भागमा रहेको थियो । तर पनि पानी भने थिएन । साँझपख सबै गाईहरु राजाको दरबारमा फर्किदा उक्त गाई फर्किन भने सकेको थिएन । उक्त गाई दरबारमा नफर्किएपछि भोलीपल्ट गाईको निकै खोजी गरिएको थियो । सोहि क्रममा उक्त गाई सानो ओडारमा बसेको देखिएको थियो । उक्त गाईलाई गोठालोले बाहिर निकाल्न खोजेको थियो । सोहिबेला एक चम्किलो रुपवति वा सुन्दर नारी एक्कासी देखिन र उनले गोठालोलाई भनिन तिमी गाई लिन आएको हौ भने लिन पाउँदैनौं किनकी यो गाई मेरो हो । यस गाईले मेरो स्याहार तथा सम्भार गर्न आएको हो त्यसकारण पनि यो गाई लिन पाउने छैनौं । उनको यो कुराले गोठालोलाई आश्चर्य चकित पारेको थियो । सोहि क्रममा उसले ती नारीलाई प्रश्न सोधेको थियो । ए नारी तिमी को हौं ? किन यस्तो भनेर भन्न सकेकी छेउ यो के चमत्कार हो ? यस्तो ओडारमा किन बसेकी छौं ? भन्दा नारीको प्रतिउत्तर थियो कि म शाही कुमारी भगवती हुँ । यदि तिमीले गाई लिएमा तिम्रो सबै नष्ट हुने छ । यस्तो शब्दले गोठालोले ती नारीलाई विन्ति गरे कि यो गाई मेरो होईन कि राजाको हो राजाले मलाई गाली गर्ने भएकोले यो गाई मैले लिनु पर्दछ । नात्र राजाले मलाई देश निकाला गर्न सक्ने छन् म के गरु । गोठालोको यो विन्ति पछि नारीले भनिन त्यसो भए तिमी यहाँबाट फर्किने वितिकै तिम्रो राजालाई मात्र जानकारी गराउ वा भन कि अबको एक वर्ष पछि मेरो पुजा आजा र आराधना गरेर मेरो रक्षा गर्नु रे । यस्तो काम गरेमा मात्र तिम्रो तिमी तथा तिम्रो राज्यको कल्याण हुन्छ रे राजा भनेर खवर गरिदिनु भनेर भनिन ।

यसरी नारीको उक्त कुरा सुनेर गोठालो दरबारमा फर्कियो । दरबारमा पुगेपछि गोठालोले राजालाई भेटेर सबै विन्ति गर्न थाल्यो । गोठालाको कुरा सुनेर राजाले उक्त ठाउँमा भोलीपल्ट जाने निधो समेत गरे । भोलीपल्ट राजा उक्त स्थानमा गएको बेला गाई भने त्याहाँ थिएन । यो देखेर राजाले गाई हराएको ठाउँमा भगवतीको प्रतिमा राखेर दैनिक जसो पुजा आजा गर्न समेत सुरु गरे । त्यस दिन देखि नै उक्त मन्दिरमा दैनिक पुजा आजा आराधना समेत गर्न थालियो । जसको फलस्वरुप उक्त ठाउँमा मेला जात्रा पनि लाग्न सुरु भएको भन्ने किवदन्ति छ । यस मन्दिरमा कार्तिक शुक्ल एकादशीको दिनदेखि पूर्णिमाको दिन सम्म व्यापक मात्रामा ठुलो मेला लाग्ने गर्दछ । उक्त मेला भर्नका लागि दर्शालुहरु जाजरकोट, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, डोल्पा लगायत भारतबाट समेत आउने गर्दछन् ।

यो मन्दिर बाहिर व्यवस्थित छ भित्र भने एउटा ओडार रहेको छ ओडार भित्र ढुंगाको गाई आकारको मूर्ति तथा उक्त मूर्तिमा गाईका चारवटा गाईका थुनहरु रहेका छन् ति थुनहरुबाट प्राकृतिक रुपमा गाईको दुध समेत आउने गरेको देखिन्छ । यो कृतिम नभई प्राकृतिक आकार हो । जहाँ गाईले साई कुमारी भगवति देवीको सेवा गरेकोले यस खालको प्राकृतिक दृश्य रहेको होला भनेर हामीले नजर अन्दाज गर्न सक्दछौं । यस मन्दिरको अवलोकन हाल सम्म म आफैले छैटौं पटक समेत गरेको छु भने मेलाको अवलोकन दुई पटक गर्ने अवसर मिलेको छ । त्यसैपनि यो मन्दिरको चर्चा गर्न खासै जटिलता भएको होईन ।

हाल सम्म पनि यस मन्दिरमा उक्त दिनहरुमा मेला लाग्दै आएको छ । भर्खरैको कुरा हो २०६९ साल भदौ देखि उक्त साविकको खलंगा गा.वि.स.हालको नगरपालीकामा बसोबास गर्ने एउटा घरकी २ बहिनी ७ र ११ वर्षकी बालिकाहरुले मन्त्रहरु वाचन समेत गर्ने गरेकी छिन । उनीहरुले आफनो हात समातेर काम्ने, बहुलाउने यस मन्दिरमा जाने गर्न थालिन । उनीहरुले मन्त्र वाचन गर्ने वितिकै दुईवटा हातहरुबाट सर्पहरु समेत निकाल्ने गरेको पाईन्छ । यसरी सर्प निस्किने क्रममा सबैले ति बालिकाहरु बाट आफनो हातहरु हेराउन थाले । यसरी गर्दा उनीहरुको हातमा सर्प नदेखिने तर पछि फेरी सर्पहरु देखिन थालेको पाईन्छ । ती बालिकाहरुले हाल डिग्रे मन्दिरमा कुनै विखण्डन समेत परेकोले यस खालको वातावरण भएको भन्ने गरेकी छिन । उनीहरु ४५ डिग्री कोण भएको ढुड्डामा बसेर बौलाउने, काम्ने तथा विविध खालको क्रियालापहरु गर्ने गरेको पाईन्छ । पछि उक्त डिग्रे मन्दिरको पर्खाल निर्माण गर्ने क्रममा २ वटा सर्पलाई जेसीवीले किचेर मारेकोले पनि यसो भएको भन्ने भनाई रहेको छ । यसको मूख्य स्रोत भनेको तत्कालीन जिल्ला विकास समितिले प्रकाशन गरेको बुलेटिनमा उल्लेख छ भने अधिकाँश प्रमाणहरु मेरो बाल्यकाल देखिको दृश्यावलोकनबाट पनि प्राप्त भएको हो ।

यो पश्चिम नेपालको निकै चर्चित मन्दिर हो र रहेको पनि छ । यस मन्दिरको को मूख्य दर्शन गर्ने भनेको सन्तान नहुने दम्पतिहरुले मन्दिरको दर्शन गरेर वर मागेमा सन्तान प्राप्ति हुन्छ भनेर जन विश्वास रहेको रहेको छ । यस मन्दिरमा कार्तिक शुक्ल एकादशीको दिनदेखि पूर्णिमाको दिन सम्म व्यापक मात्रामा ठुलो मेला लाग्दै आएको छ । जहाँ एकादशीको दिनदेखि मेला सुरुहुँदा हजारौं बोकाहरुको बलि दिने प्रचलन छ । सन्तान प्राप्तिको लागि मन्दिरमा गएर वर मागेकाहरुले सन्तान प्राप्ति पछि बोका चढाउने प्रचलन रहेको छ । मन्दिरमा बोका चढाउनेले बोकाको टाउको मात्र दिने र अरु सबै आफैले ल्याउने प्रचलन छ । बरमाग्दा जुन सन्तान छोरा वा छोरी जुन मागेपनि प्राप्त हुने जनाविश्वास रहेको छ । एकादशीदेखि पूर्णिमाको दिन सम्म लगातार बोका चढाउने र मेला भर्ने गरिन्छ । मेला जतिजति भरिदै जान्छ त्यति नै त्यस मन्दिरको मुनितिर रहेका धाराहरुमा पानी भरिदै जाने गरेको मेलाको अवलोकन गर्ने गरेका प्रत्यक्ष दर्शिको भनाई रहेको छ । पूर्णिमाको दिन स्थानीय व्यक्तिहरुबाट एक प्रकारको फरक दृश्य सहितको नाच प्रदर्शन गरिन्छ उक्त नाचलाई सकाल नाच भन्ने गरिन्छ । पूर्णिमा दिन ठिक ११ बजेतिर स्थानीयहरु जम्मा भएर हातमा लठ्ठिी, हरियो रुखका हाँगा, पातहरु लगायत विभिन्न खालको चिजवस्तुहरु समातेर एकैपटक डरलाग्दो तरिकाले त्यो समुह मन्दिर प्रवेश गर्दछ । त्यो समयमा मन्दिर क्षेत्र पूरै खाली गरिदिनु पर्दछ नत्र मानिसहरु किचिने सम्भानाहरु रहने गर्दछ । मन्दिर वरिपरि उनीहरु घुमेपछि उनीहरुको निश्चित स्थान रहेको छ त्यस स्थानमा आएर सकाल मेलाको प्रर्दशन गर्दछन् त्यो निकै रोचक तथा दृश्यवलोकन गर्न लायक रहन्छ । तर प्रथम पटक देख्नेहरुलाई भने निकै डरलाग्दो दृश्य हुन्छ । मेला निकै रोचक रहन्छ । रातदिन मेलाको अवलोकन गर्न पाईन्छ ।

मेलामा रोटेपिङ, लिङ्गेपीङ्, जादु, लगायतका हेर्न लायक र खेल्न लायक तथा विभिन्न खेलहरु पनि खेलाईन्छ । त्यहाँका स्थानीय फलफुल, सुन्तला, बदाम, मामफली, हलुवावेद, मौसम, निबु, गञ्जी लगायतका फलफुलहरुको विक्रि वितरण गरिन्छ । विभिन्न फेन्सि कपडा, थान कपडा लगायत विभिन्न खुद्रा व्यापारहरु पनि त्यतिकै राखिन्छ । मेला भर्ना आउने पाहुनाहरुको लागि बोकाको मासु भातका परिकारहरु फरक फरक स्वादमा खाने व्यवस्था पनि हुन्छ । डिग्रे मन्दिर मेला भर्नाका लागि देश तथा विदेशका भक्तजनहरु वा दर्शालुहरु आउने गरेको प्रत्यक्ष दर्शीको भनाई रहेको छ । मध्यपश्चिम विश्वविद्यालय मुसिकोट खलंगा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख श्री मुकुन्द प्रसाद शर्माका अनुसार यो डिग्रे साई कुमारी मन्दिरको चर्चा निकै रहेको छ तर पनि यसलाई आवश्यक धार्मिक पर्यटकीय दृष्टिकोणबाट हेर्नेकाम खासै भएको छैन । यो मन्दिर संघीय सरकारको नजरमा त परेको छैन नै प्रदेश सरकारको मूख्य नजरमा पनि परेको छैन । तर स्थानीय सरकारको नजर तथा केहि अंश प्रदेश सरकारको नजरमा परेकोले हाल यस मन्दिरलाई व्यवस्थित बनाउने काम भईरहेको छ । हिजोका दिनमा मानिसहरु पैदल हिडेर जाने गरेका थिए भने हाल आएर त्यहाँ सम्म मन्दिरको दायाँ बाँयाबाट सडक वा मोटर बाटोको व्यवस्था गरिएको छ । मन्दिरको प्राड्डनलाई व्यवस्थित गर्ने देखि चारैतिर राम्रो बनाउने काम भईरहेको छ । मन्दिर हरेक दिन दिउँसो १२ बजे सम्म खुला रहने र त्यसपछि बन्द रहने र अपरान्ह ३ बजे फेरी खुल्दछ । यस मन्दिरलाई रुकुम मुसिकोट खलंगा काममा आउने सबै आम नागरिक तथा पाहुनाहरुले दर्शन गर्ने गरेको कुरा प्राध्यापक शर्माले वताएका छन् ।

खासगरी आजको २१ औं शताब्दिको समय तथा नेपाल पर्यटकीय दृष्टिकोणमा निकै चर्चा कमाएको भएता पनि नेपालका विभिन्न जिल्लामा यस खालको पर्यटकीय स्थलका रुपमा विकास गर्न लायक मठ, मन्दिर, चर्च, गुम्बा, गुफा रहेका छन् । तिनीहरुको संरक्षण र सम्वद्र्धन गर्दै पर्यटकिय आधारमा विकास गर्न सकेमा यस खालका डिग्रेसाई कुमारी जस्ता मन्दिर तथा धार्मिक स्थलबाट स्थानीय सरकार, प्रदेश सरकारले मनग्य रुपमा आम्दानी गर्न सक्ने सम्भावनाहरु रहेका छन् । यसका लागि त स्थानीय सरकारको नीति, योजना तथा लगानी र प्रदेश सरकारको पनि सोहि अनुसारको योजना, लगानी र आँखा लाग्नु पर्दछ । यो मन्दिर धार्मिक तथा पर्यटकीय दृष्किोणबाट उपयोगी भएको र आर्थिक रुपमा स्थानीय निकाएलाई मजबुत हुने सम्भावना बोकेकोले पनि यस तर्फ स्थानीय, प्रदेश र संघीय सरकारको आँखा लाग्ने वातावरणको लागि आम सञ्चार जगतको ध्यान जानु पनि आवश्यक छ । उता स्थानीय व्यक्तिहरु, आम सरोकारवाला निकाय लगायत बुद्धिजीवी, नागरिक समाज, उधोगी, व्यापारी एवम् मन्दिरको गुठि संस्थानको जिम्मेवारी पनि त्यतिकै रहेको छ ।

निष्कर्षमा भन्दा यस धार्मिक स्थलको आम्दानी लगायत खर्चका व्यवस्थित योजना ल्याएर मन्दिरको आय व्ययलाई पारदर्शी बनाउने कार्यमा मन्दिर व्यवस्थापन समिति लगायत त्यहाँका सरोकारवाला निकायको ध्यान जानु पर्दछ र जावस पनि । त्यहाँ परम्परादेखि बसेका पुजारीको सहि व्यवस्थापन गर्दे आजको समाजमा यस खालको धार्मिक स्थलको कुनै पनि निकायले यसको प्रचार प्रसार मात्र होईन लगानी तथा त्यसको संरक्षणको निकै आवश्यकता छ । हिजोको डिग्रे मन्दिर र आजको डिग्रे मन्दिरका आमुल परिवर्तन गर्दे रुकुम पश्चिमको धार्मिक सान, रुकुमेली जनाताको मान, विश्वास गर्न लायक धार्मिक स्थल, पर्यटक भि¥याउने मन्दिर आम्दानीको सदा दिन जस्तो नारालाई आत्मा साथ गर्दे उक्त धार्मिक स्थलको संरक्षण गरौं । मानव भएपछि अनि आम्दानी गर्नेहरु तथा मनकारीहरु र पर्यकीय दृश्यमा रमाउनेहरु एकपटक भएपनि त्यहाँ दर्शन गर्न जाऔं रमाउ दृश्यावलोकन गरौं विश्वास भए वरमागौं नभए दर्शन गरी रमाउने काम गरौं । जय डिग्रे साई कुमारी माता जय मनोकाँक्षा देवी जय मता दि जय शम्भो !

लेखक
एकराज शर्मा 
मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्याङन विभागका विभागिय प्रमुख तथा रुकुम पश्चिमका स्थानीय बासी हुन् ।