काेहलपुर ।
नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सांसद नेपालु चौधरीले चढ्दै आएको सरकारी गाडी नियन्त्रणमा लिएको छ ।
निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै उनी चढ्दै आएको सरकारी गाडी स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । प्रदेश सांसद चौधरी सवार से१झ ३०७ नम्बरको गाडी धनगढी उपमहानगरपालिका १९ जे गाउँबाट शनिबार राति करिब ९ बजेको समयमा नेपाली कांग्रेस सम्बद्ध युवाहरूले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका हुन् ।
स्थानीयका अनुसार सो गाडीमा नेकपा एमालेको झण्डा समेत टाँगिएको अवस्थामा फेला पारिएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायव उपरीक्षक वेदप्रकाश चौधरीका अनुसार सो गाडी बहुलिया प्रहरी चौकीमा राखिएको छ । साथै घटनाबारे थप अनुसन्धानको काम जारी रहेको उनको भनाइ छ ।
(लाेकान्तरबाट साभार)
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्