Kohalpur Today Header Ads

खजुरामा गठबन्धनको शक्ति प्रर्दशनसहितको घरदैलो




खजुरा ।

नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्रको संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार आज विहानैदेखि खजुरा बजार क्षेत्रको घरदैलोमा निस्किएको छ । खजुरा गाउँपालिका–३ र ४ मा शक्ति प्रदर्शनसहितको घरदैलोमा निस्किएको हो ।

घरदैलो अभियानमा खजुरा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार डम्बर विक तुफान, उपाध्यक्ष मञ्जु मल्ल सहितको टोलीले अभियानको सुरुवात गरेको हो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

घरदैलो अभियानमा नेपाली कांग्रेस, माओवादीका नेता तथा कार्यकर्ता, शुभचिन्तक, स्थानीयहरुहको उत्साहजनक सहभागिता रहेको छ।

घरदैलो अभियानमा गठबन्धनका उम्मेदवारले जनताका समस्या टिपोट गर्दै खजुराका जनताको आयस्तरलाई बढाउन आफूहरुले काम गर्ने प्रतिवद्धता जनाएका छन् । यस्तै आजै खजुरा गाउँपालिका वडा नम्वर १ र २ मा पनि घरदैलो र कोणसभा कार्यक्रमको आयोजना गरिएको छ । वडा नम्वर १ को जनपोखरीबाट रिमझिम चोकसम्म वडा नम्वर २ को सिमलघारीमा घरदैलो गरिएको छ ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख २२ गते बिहीबार